ब्रेकिंग न्युज

बालबालिकासम्बन्धी ऐन संशोधनमा फेडोद्वारा छबुँदे संशोधन पेस



काठमाडौँ, २३ वैशाखः दलित महिला सङ्घ (फेडो) ले बालबालिकासम्बन्धी ऐन, २०७५ मा दलित बालबालिकाको परिभाषा थप्नुपर्नेलगायत छ बुँदे संशोधन प्रस्ताव पेस गरेको छ । आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सुझाव पेस गर्दै फेडोले संविधानमा उल्लेख भएकाले समानताको अधिकार सुनिश्चित गर्न, विद्यालयमा हुने विभेद हटाउन ऐन संशोधन गरी ‘दलित बालबालिकामैत्री विद्यालय वातावरण, समावेशी पाठ्यक्रम, जातका आधारमा अपमानजनक शब्द, होच्याउने, विद्यालयमा हुने पूजाआजामा विभेद नगर्ने साथै छुवाछूत झल्किने गरी खेल नखेल्ने (एन्टी बुलिङ) नीति अनिवार्य गर्नुपर्ने’ सुझाव पनि पेस गरेको छ । फेडोले ऐनको दफा (६६) र (६७) मा ‘हिंसा र दुव्यवहार तथा छुवाछूतविरुद्ध संरक्षण’ थप्नुपर्ने, दफा (७२) र (८५) मा ‘दलित बालबालिकामाथि हुने हिंसा र छुवाछूत विभेदमा कडा सजायको व्यवस्था’ थप्नुपर्ने र दफा (२३) मा राष्ट्रिय बालअधिकार परिषद्अन्तर्गत ‘बालअधिकारका क्षेत्रमा काम गर्ने दलित समुदायबाट’ थप्नुपर्ने पनि सुझाव दिएको छ ।

प्रकाशित : २४ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६