ब्रेकिंग न्युज

वनमन्त्री चौधरीसँग जलवायुविज्ञ डा घोषको भेटवार्ता



काठमाडौँ, २४ वैशाख ः वन तथा वातावरणमन्त्री गीता चौधरीसँग ३०औँ जलवायु सम्मेलनको अध्यक्ष राष्ट्र ब्राजिलले दक्षिण एसियाका लागि विशेष दूतका रूपमा नियुक्त हुनुभएका डा अरुणाभ घोषले भेटवार्ता गर्नुभएको छ ।मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबचि कार्बन उत्सर्जनका कारण वृद्धि भएको तापक्रमले हिमालमा पारेको असरलगायत जलवायु परिवर्तनका जोखिमबारेमा छलफल भएको मन्त्रालयले जनाएको छ ।सो अवसरमा मन्त्री चौधरीले हिमाल पग्लिने क्रम बढ्दै जाँदा तल्लो तटीय समुदायसमेत प्रभावित भइरहेको उल्लेख गर्दै जलवायु परिवर्तन साझा विश्वव्यापी समस्या भएकाले यसको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताउनुभएको थियो । साथै उहाँले राष्ट्रिय जलवायु नीति, राष्ट्रिय अनुकूलन योजना तथा उच्च लक्ष्यसहितको ‘एनडिसी ३.०’ कार्यान्वयनमा ल्याएको अवगत गराउनुभएको थियो ।उहाँले आगामी कोप–३१ लगायतका अन्तरराष्ट्रिय मञ्चहरूमा पनि नेपालले भारतसहित छिमेकी तथा समान सोच भएका पर्वतीय राष्ट्रहरूसँग सहकार्य गर्दै जलवायु न्याय र साझा एजेन्डालाई अघि बढाउने प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो

प्रकाशित : २५ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६