खोज–अनुसन्धान

भविष्यको सही बाटो देखाउँदै लुम्बिनी भिजन कलेज

प्लस टु साइन्स सञ्चालनसँगै करियर काउन्सिलिङमा जोड



कपिलवस्तु, २७ बैशाख ।

कपिलवस्तुको शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको लुम्बिनी भिजन कलेजले अब प्लस टु तहमा विज्ञान (साइन्स) विषय सञ्चालन गर्ने भएको छ । कलेजका क्याम्पस प्रमुख सुन्दर पाण्डेले एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै करियर काउन्सिलिङ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कलेजले विद्यार्थीलाई केवल शैक्षिक पाठ्यक्रममा सीमित नराखी उनीहरूको भविष्य निर्माण, विषय छनोटको स्पष्टता तथा आत्मविश्वास अभिवृद्धिमा समेत जोड दिएको देखिएको छ । कार्यक्रममा “विद्यार्थीले आफ्नो क्षमता, रुचि र भविष्यको लक्ष्य अनुसार कसरी सही निर्णय लिन सक्छन् ?”, “के उचित र के अनुचित छुट्याउने आधार के हुन् ?” लगायत विषयमा सहजीकरण गरिएको थियो ।


क्याम्पस प्रमुख पाण्डेका अनुसार अहिले धेरै विद्यार्थीहरू एसईई पछि कुन विषय रोज्ने भन्ने अन्योलमा रहने भएकाले उनीहरूलाई सही दिशानिर्देश दिन करियर काउन्सिलिङ प्रभावकारी माध्यम बनेको छ । उहाँले विज्ञान शिक्षा सञ्चालनसँगै गुणस्तरीय शिक्षामा थप योगदान पु¥याउने लक्ष्य कलेजले लिएको बताउनुभयो ।
शैक्षिक क्षेत्रमा राम्रो नतिजा हासिल गर्दै आएको कलेजले विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम नियमित सञ्चालन गर्दै आएको जनाएको छ ।

कार्यक्रममा सहजीकरण प्रितम पौडेलले गर्नु भएको थियो । शिक्षा तथा करियर मार्गदर्शन क्षेत्रमा दक्ष मानिने पौडेलले विद्यार्थीलाई आत्मविश्वास, लक्ष्य निर्धारण र करियर योजना सम्बन्धी व्यवहारिक सुझाव दिनुभएको बताइएको छ ।
पछिल्लो समय विद्यालय तथा कलेजहरूले केवल परीक्षा केन्द्रित शिक्षा मात्र नभई विद्यार्थीको मानसिक, सामाजिक र व्यावसायिक क्षमताको विकासमा ध्यान दिन थालेका छन् । यही सन्दर्भमा लुम्बिनी भिजन कलेजको यो पहललाई विद्यार्थीमैत्री, उपलब्धीमूलक तथा दूरदर्शी कदमका रूपमा हेरिएको छ ।

प्रकाशित : २७ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६