खोज–अनुसन्धान

बाणगंगाको एस.इ.ई.को नतिजा ६७.५० प्रतिशत :४ जि.पि.ए. ल्याएका कपिलवस्तुका ११ मध्ये ९ जना बाणगंगा कै




कपिलवस्तु २९ बैशाख ।बाणगंगा नगरपालिका भित्र रहेका विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार नगरपालिकाभरका १ हजार ८ सय ९ विद्यार्थीमध्ये ६७.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ५ सय ८८ जना विद्यार्थी नन–ग्रेडेड (NG) भएका छन्।
प्रकाशित तथ्यांकअनुसार सबैभन्दा बढी विद्यार्थी २.८ देखि ३.१९ GPA समूहमा रहेका छन्। उक्त समूहमा ४ सय ४७ विद्यार्थी रहेका छन्। त्यसैगरी ३.२ देखि ३.५९ GPA ल्याउने विद्यार्थी संख्या ३ सय ९४ रहेको छ भने ३.६ देखि ३.९९ GPA ल्याउने १ सय ८३ जना रहेका छन्। ४.० GPA ल्याउने विद्यार्थी संख्या ९ रहेको विवरणमा उल्लेख छ।
नगरभित्रका केही विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन्। कपिलवस्तु ज्ञानज्योति शिक्षा सदन, युनाइटेड इङ्लिस एकेडेमी, पारिजात इङ्लिस स्कूल, अनुपूर्ण विद्या मन्दिर लगायतका विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन्।
त्यस्तै, विद्यार्थी संख्या धेरै रहेका विद्यालयमध्ये जनता माध्यमिक विद्यालय मा २ सय ६० विद्यार्थी सहभागी भएकामा ७४.२३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बाणगंगा माध्यमिक विद्यालय मा २ सय ८ विद्यार्थीमध्ये ७२.१२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
नतिजामा केही विद्यालयको प्रदर्शन कमजोर पनि देखिएको छ। जनज्योति माध्यमिक विद्यालय को उत्तीर्ण प्रतिशत २२.५४ रहेको छ भने कामता माध्यमिक विद्यालय को नतिजा १८.१८ प्रतिशत मात्र रहेको विवरणमा उल्लेख गरिएको छ।
नगरपालिकाले सार्वजनिक गरेको नतिजाले निजी तथा संस्थागत विद्यालयको नतिजा तुलनात्मक रूपमा राम्रो देखिएको छ भने केही सामुदायिक विद्यालयमा सुधारको आवश्यकता देखिएको शिक्षा सरोकारवालाहरूले बताएका छन्। विद्यालयगत शैक्षिक गुणस्तर, नियमित अनुगमन, अभिभावकको सहभागिता तथा विद्यार्थीको अध्ययन वातावरणले नतिजामा प्रत्यक्ष प्रभाव पारेको विश्लेषण गरिएको छ।४ जि.पि.ए. ल्याएका कपिलवस्तुका ११ मध्ये ९ जना बाणगंगा कै रहेकोे पाइएको छ ।

प्रकाशित : २९ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६