खोज–अनुसन्धान

वन संरक्षणसँगै रोजगारी र समृद्धिको आधार बन्दै तिलौराकोट साझेदारी वन



कपिलवस्तु, चेतरादेही ३१ बैशाख

वन संरक्षणलाई स्थानीय सहभागिता, रोजगारी सिर्जना र आर्थिक समृद्धिसँग जोड्दै आएको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहले आफ्नो वार्षिक साधारण सभा मार्फत आफ्ना योजनाहरू सार्वजनिक गरेको छ। समूहका अध्यक्ष जय प्रकाश पाण्डेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनले वनलाई केवल प्राकृतिक सम्पत्तिको रूपमा नभई स्थानीय जीवनस्तर उकास्ने माध्यमका रूपमा अघि बढाइएको सन्देश दिएको छ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार वन क्षेत्रको दिगो व्यवस्थापन, वन्य जन्तुको संरक्षण, जैविक विविधताको प्रवद्र्धन तथा स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ। वन सम्बद्र्धन प्रणालीको प्रभावकारिता मूल्यांकन गर्न पुनरुत्पादन कटान गरिएका क्षेत्रमा पुनः वनको अवस्था अध्ययन गरिने जनाइएको छ।
स्थानीय माग र आवश्यकतालाई ध्यानमा राख्दै चेतरादेही क्षेत्रमा सुविधा सम्पन्न नर्सरी स्थापना गरी बिरुवा उत्पादन तथा वितरणको योजना अघि सारिएको छ। त्यस्तै खोला किनार र नदी उकास क्षेत्रमा घाँस, बाँस तथा अम्रिसो रोपण गरिने कार्यक्रमले वातावरण संरक्षणसँगै आयआर्जनका अवसर पनि विस्तार गर्ने अपेक्षा गरिएको छ।
वन क्षेत्रमा बढ्दो तापक्रम र पानी अभावको चुनौतीलाई सम्बोधन गर्न वन्यजन्तुको संरक्षणका लागि रिचार्ज पोखरी निर्माण र पुराना पोखरीहरूको मर्मत गर्ने योजना पनि अघि बढाइएको छ। यसले वन्यजन्तुको वासस्थान सुधार तथा वन डढेलो नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
तिलौराकोट साझेदारी वनको अवधारणा स्वयंमा वन व्यवस्थापनको नयाँ अभ्यासका रूपमा स्थापित हुँदै आएको देखिन्छ। वन स्रोतको संरक्षणमा स्थानीय जनताको प्रत्यक्ष सहभागिता, गरिब तथा विपन्न वर्गको पहुँच वृद्धि र रोजगारी सिर्जनालाई जोड दिँदै आएको यो मोडल अहिले समुदाय–आधारित दिगो विकासको उदाहरण बन्दै गएको छ।

अध्यक्ष पाण्डेले वन जोगाउनु भनेको केवल रुख बचाउनु मात्र नभई भविष्यका पुस्ताको जीवन, वातावरण र आर्थिक आधार सुरक्षित गर्नु भएको उल्लेख गर्दै सामूहिक सहभागिताबाट वनलाई अझ समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
वन संरक्षण, जनसहभागिता र स्थानीय समृद्धिको सन्तुलित अभ्यासले तिलौराकोट साझेदारी वनलाई केवल वन व्यवस्थापनको संस्था होइन, परिवर्तन र सम्भावनाको केन्द्रका रूपमा उभ्याउन थालेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित : ३१ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६