अर्थ-वाणिज्य

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने



जनकपुर, ७ जेठ

मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुनात्मक रूपमा कम भएका कारणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय, तथ्याङ्क समन्वय कार्यालय धनुषाले बुधबार सार्वजनिक गरिएको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी समष्टिगत आर्थिक सूचकमा त्यस्तो जनाइएको हो । यस पटक पर्याप्त मात्रामा पानी नपरेका कारणले धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाव पारेकाले विगत तीन वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने तथ्याङ्क अधिकृत नरबहादुर कुँवरले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/८१ मा भने मधेसमा तीन दशमलव १८ प्रतिशत र आर्थिक वर्ष २०८१/८२ मा दुई दशमलव ७२ प्रतिशत आर्थिक वृद्धि रहेको थियो । लगातार दुई वर्षयता मधेसको कृषि उत्पादनमा नकारात्मक प्रभाव पारेका कारणले आर्थिक वृद्धि दर खस्कँदै गएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा मधेस प्रदेशको योगदान १३ दशमलव एक प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । तथ्याङ्क सार्वजनिकीकरण कार्यक्रममा प्रदेशका नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले मधेस प्रदेशमा कृषिको योगदान घट्दा यो समस्या आएको बताउनुभयो । आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राख्ने बताउनुभयो । —

Powered By  Orson Infotech

प्रकाशित : ७ जेष्ठ २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६