जीवनशैली

सडक नाटकमार्फत सुरक्षित मातृत्वबारे सचेतना



हुम्ला, २३ कात्तिक

गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य सुरक्षाका लागि नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्य संस्थामै प्रसूति गराउनुपर्ने सन्देशसहित हुम्लाका विभिन्न समुदायमा सडक नाटकमार्फत जनचेतना फैलाइएको छ । नाटकमा गर्भवती महिलाले गर्भावस्थामा कम्तीमा आठपटक प्रश्रवपूर्व स्वास्थ्य परीक्षण गराउनुपर्ने विषयलाई विशेष जोड दिइएको सडक नाटकका सहजकर्ता एवं युथ क्लबका सदस्य ऐटन रावलले बताउनुभयो । अझै पनि गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण नगराउने, स्वास्थ्यकर्मीको परामर्श नलिने र घरमै प्रसूति गराउने प्रवृत्ति रहेकाले आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा पर्ने अवस्थालाई नाटकमा यथार्थपरक रूपमा प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभयो । नाटकले समुदायमा विद्यमान अन्धविश्वास, गलत सामाजिक मान्यता र स्वास्थ्यसम्बन्धी चेतनाको कमीलाई उजागर गर्दै गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्य संस्थामै प्रसूति गराउन प्रेरित गरेको छ । स्थानीय जनजीवनसँग नाटकलाई जोडेर प्रभावकारी बनाउन देउडा गीत प्रस्तुत गरिएको थियो । सडक नाटक, देउडा प्रतियोगिता, वक्तृत्वकला र चित्रकला प्रदर्शनीलगायत कार्यक्रममार्फत दुर्गम बस्तीका नागरिकलाई सामाजिक कुरीति, अन्धविश्वास र विभेदविरुद्ध सचेत बनाउने प्रयास भइरहेको छ । —

प्रकाशित : २४ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६