ब्रेकिंग न्युज

पछिल्ला चौबिस घण्टामा केही जिल्लामा भारी वर्षा



काठमाडौँ, ६ जेठ ः तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण केही जिल्लामा भारी वर्षा भएको हो । विभागका अनुसार पछिल्ला २४ घण्टामा सङ्खुवासभाको तुम्लिङटारमा ९५ मिलिमिटर, सुनसरीको चतरामा ८३ दशमलव चार मिलिमिटर वर्षा भएको छ । यस्तै, मकवानपुरमा ६७ दशमलव चार, तनहुँमा ६२, पर्वतमा ५० दशमलव चार  मिलिमिटर वर्षा भएको छ । यी सबै ठाउँमा भारी वर्षा भएको हो । गएराति हुम्लामा भएको वर्षाले ठूलो भौतिक क्षति पुर्याएको थियो । हाल पनि सुनसुरी, सङ्खुवासभा, सिन्धुपाल्चोक, पाल्पा र सोलुखुम्बुका केही क्षेत्रमा पानी परिरहेको विभागले जनाएको छ । तराई क्षेत्रमा भने तापक्रम बढ्दो छ । आज धनगढी, दिपायल र नेपालगञ्जमा ४० डिग्रीभन्दा माथि तापक्रम रहेको छ । काठमाडौँमा पनि अधिकतम तापक्रम २८ दशमलव चार डिग्री पुगेको छ । सूचना अधिकारी दिनकर कायस्थका अनुसार बिहीबार कोशी प्रदेशलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानहरूमा मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको छ ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।  

प्रकाशित : ७ जेष्ठ २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६