खोज–अनुसन्धान

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो



काठमाडौँ, ७ जेठ ः टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको छ ।सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर–टहरा हटाएको हो । यसअघि १५ दिने सूचना जारी गरी अतिक्रमित घर–टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानदेखि धापासी क्षेत्रमा सडक छेउ तथा सरकारी जग्गामा बनाइएका घर–टहरा, कम्पाउन्ड र अस्थायी संरचना हटाउने काम सुरु गरिएको जानकारी दिनुभयो ।प्रमुख प्रशासकीय अधिकृत भट्टराईले अतिक्रमित जग्गा खाली गराउने अभियानअन्तर्गत उक्त कदम चालिएको बताउनुभयो । नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण नगर्न तथा कानुनी व्यवस्था पालना गर्न सबैलाई आग्रह गरेको छ ।

प्रकाशित : ७ जेष्ठ २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६