देश

महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान



काठमाडौँ, ८ जेठ

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित हुनुभएको छ । आज यहाँ सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा वैद्यले ५६ मत प्राप्त गरी विजयी हुनुभयो भने रामचन्द्र सङ्घाईले ३० मत प्राप्त गर्नुभयो । वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, रामचन्द्र सङ्घाई र हेमराज ढकालले मनोनयन गर्दा गर्नुभएको थियो । तर ढकालले पछि उम्मेवारी फिर्ता लिनुभएको थियो । कोषाध्यक्ष पदमा विजयी मनिषलाल प्रधानले ६१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गर्नुभयो । छ जना केन्द्रीय सदस्य मनोनित महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आजै दुई जना महिलासहित छ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । मनोनित हुनेहरूमा शिवप्रसाद घिमिरे, मनिषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ र सहारा जोशी रहनुभएको छ । महासङ्घको विधान धारा २९ को (च) १० को व्यवस्थाअनुसार सबै सदस्य समूहको प्रतिनिधित्व हुनेगरी कम्तीमा दुई जना महिलासहित सात जना सदस्य मनोनित गर्न पाउने प्रावधान छ । विधानतः बाँकी रहेको एक सदस्य पदमा भने मनोनय गर्न बाँकी छ । —1

Powered By  Orson Infotech

  1. ↩︎

प्रकाशित : ८ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६