खोज–अनुसन्धान

‘अनुशासन र नैतिक मूल्य मान्यता अहिलेको आवश्यकता हो’



काठमाडौँ, ९ जेठ

विभिन्न राजनीतिक दलका नेताहरूले अनुशासन र नैतिक मूल्य मान्यता विद्यमान समाजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकाबाट विसं २०८२ को माध्यामिक शिक्षा परिक्षा (एसइई) परीक्षामा उत्तीर्ण विद्यार्थीको सम्मानमा आज आयोजित कार्यक्रमका वक्ताहरूले अनुशासन र नैतिक शिक्षा वर्तमान आवश्यकता भएको बताउनुभएको हो । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विद्यार्थी नै मुलुकको भविष्य भएकाले उनीहरूलाई सामाजिक मूल्यका बारेमा पर्याप्त जानकारी दिनुका साथै अनुशासनमा राख्न जरुरी रहेको बताउनुभयो । उहाँले शिक्षामा केवल किताबी ज्ञान मात्र नभई अनुशासन र नैतिक मूल्य मान्यताको पनि उत्तिकै महत्त्व हुने बताउनुभयो । नेता केसीले विद्यार्थीलाई जीवनको यो नयाँ खुट्किलोमा सही निर्णय लिन र आफ्नो रुचि अनुसारको विषय छनोट गर्न सुझाव दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले आफ्नो बाल्यकालदेखिको सामाजिक यात्रा स्मरण गर्दै विद्यार्थीलाई स्वदेशमै भविष्य खोज्न आग्रह गर्नुभयो । उहाँले विदेश पलायन हुने प्रवृत्तिको सट्टा नेपालमै बसेर कसरी परिवर्तन ल्याउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले विद्यार्थीलाई पढाईसँगै सीप सिक्न र काम गर्ने बानी बसाल्न आग्रह गर्नुभयो । “पढाइसँगै सीप र काम गर्ने बानी बसाल्नुस्, यसले तपाईंलाई आर्थिक रूपमा मात्र होइन, अनुशासित पनि बनाउँछ,” उहाँले भन्नुभयो । नेपाली कांग्रेसका सांसद निश्कल राईले विद्यार्थीलाई राजनीतिक र सामाजिक रूपमा सचेत रहँदै देश विकासमा लाग्न आग्रह गर्नुभयो । परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले विद्यार्थीका लागि संस्थाले आगामी एक महिनासम्म निःशुल्क शैक्षिक परामर्श (काउन्सिलिङ) उपलब्ध गराउने बताउनुभयो । उहाँले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीका लागि विभिन्न ‘प्लस टू’ कलेजसँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानिँया, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याललगायतले तीनै तहको सरकारले नेपालको शैक्षिक सुधारमा ध्यान दिन आवश्यक रहेको बताउनुभएको थियो । कार्यक्रममा यस वर्षको एसइईमा ४ जिपिए ल्याउने र अन्य विद्यार्थीलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रकाशित : ९ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६