खोज–अनुसन्धान

आमाको नामबाट नागरिकता



जलेश्वर (महोत्तरी), ९ जेठ

विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । गत २०८२ पुस ११ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो भने पुस २१ गते नेपाल राजपत्रमा सूचना प्रकाशित भएलगत्तै सबै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरी यो व्यवस्था कार्यान्वयनमा ल्याइएको थियो । सोही क्रममा सबै आवश्यक कागजी प्रक्रिया पूरा गरेर २०८२ माघ ६ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट आमाको नामबाट नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । यसअनुसार नेपाली नागरिक आमाबाट नेपालमै जन्मिएका र बाबुको पहिचान हुन नसकेका व्यक्तिहरुले आवश्यक स्वघोषणा र प्रक्रिया पूरा गरेर वंशजका आधारमा नागरिकता प्राप्त गर्न थालेका हुन् । त्यसै क्रममा जिल्ला प्रशासन कार्यालयबाट गत २०८२ माघ महिनाको ६ गतेदेखि २०८३ जेठ ९ गतेसम्म जम्मा २०९ जनाले आमाको नामबाट वंशज नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।

प्रकाशित : ९ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६