देश

‘मातृभूमिको माया विदेशमा रहनेलाई थाहा हुन्छ’



काठमाडौँ, १३ जेठ

अस्ट्रेलियाको सिड्नीस्थित ‘ह्याम्रो क्लब’ले अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीको हकहित र अधिकारका पक्षमा सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ । क्लबद्वारा यहाँ आयोजित विशेष कार्यक्रमका वक्ताहरूले अस्ट्रेलियामा रहेको नेपाली समुदाय, मातृभूमि नेपाल र नेपाली जनताका पक्षमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशमा रहे पनि आफूहरूमा नेपालीपन रहेको र नेपाली भनेर चिनिँदा गौरवको अनुभूति हुने बताउँदै उहाँहरूले अस्ट्रेलियास्थित नेपाली समुदायको सुखदुःख बाँड्ने आशा र भरोसासहित साझा चौतारीका रुपमा ‘क्लब’लाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा कार्यक्रमका सहजकर्ता दिनेश सापकोटाले मातृभूमिप्रतिको माया विदेशमा रहँदा थाहा हुने उल्लेख गर्दै आपसी सहयोग र सद्भाव कायम गरी नेपाली समुदायको उत्थानका पक्षमा ‘क्लब’ रहेको स्पष्ट गर्नुभयोे । क्लबका अध्यक्ष राजीव अधिकारीले अस्ट्रेलियन सरकारको विश्वास जिती अग्रजबाट प्राप्त सहयोग र सद्भावलाई समेत समेटेर यहाँस्थित नेपाली समुदायको हकहितमा आफूहरू खटिरहेको जानकारी दिनुभयो । सो क्लबको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित सो कार्यक्रममा सांसद नाथन ह्यागार्टी, काउन्सिलर एलिजा रहमान, पूर्वकाउन्सिलर उषा डोम्माराजु, क्लबका संस्थापक अध्यक्ष अमूल्यप्रताप सिंहलगायत २०० भन्दा बढी नेपाली समुदायको उपस्थिति थियो । कार्यक्रममा ‘क्लब’को नयाँ वेबसाइट औपचारिकरुपमा सार्वजनिक गरिएको थियो । यसैगरी विविध खेलकुद प्रतियोगिता, गीतसङ्गीतसहित मनोरञ्जनात्मक कार्यक्रम र प्रतिभा सम्मान कार्यक्रमसमेत सो अवसरमा प्रस्तुत गरिएको थियो । –––

प्रकाशित : १३ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६