अर्थ-वाणिज्य

बजेट कार्यान्वयनमार्फत सात प्रतिशत बराबरको आर्थिक वृद्धि हुने



काठमाडौँ, १५ जेठ

सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वनयबाट सात प्रतिशतबराबरको आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आवको बजेट प्रस्तुत गर्दै सुधार र रुपान्तरणका प्रभावस्वरुप आगामी आर्थिक वर्षमा सात प्रतिशतबराबरको आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धिदर छ प्रतिशतभित्र सीमित रहने विश्वास व्यक्त गर्नुभएको छ । बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्नेगरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुने विश्वास व्यक्त गरिएको छ । सुशासन सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित कार्यक्रमको इमान्दारीपूर्ण कार्यान्वयनबाट नेपाललाई आगामी पाँच वर्षभित्र सुशासित, समुन्न्त र स्वाभिमानी राष्ट्रमा रुपान्तरित गर्दै सोह्रौँ योजना र दिगो विकासका अधिकांश लक्ष्य हासिल हुने अर्थमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री डा वाग्लेले बजेट राज्य सञ्चालनको नयाँ सोच र सङ्कल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु भएको बताउनुभएको छ । सुशासन, मध्यम वर्गको अभ्युदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्यसहित बजेटलाई राज्यको भूमिकालाई नियन्त्रक र नियामकमात्र होइन, अवसरको सर्जक संस्थाका रूपमा पुनःपरिभाषित गर्न खोजिएको छ । बजेटमार्फत ऊर्जा, कृषि, वन, उद्योग, पर्यटन, सूचना प्रविधि र मानव पुँजीलाई आगामी दशकको आर्थिक समृद्धिका संवाहक क्षेत्रका रूपमा अघि बढाई अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण प्रारम्भ गरिएको घोषणा गरिएको छ । बजेटमार्फत राजकाजमा थिति बसाल्ने, निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने, सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई प्रविधि अनुकूल र जवाफदेही बनाउने तथा उत्पादन, नवप्रवर्तन उद्यमशीलतामा आधारित नयाँ आर्थिक सूचक प्रारम्भ गर्ने आधार तयार गरिएको अर्थमन्त्रीको प्रष्टोक्ति छ । कर प्रणालीलाई सरल न्यायोचित उत्पादनमुखी बनाइएको उहाँको कथन छ । —

Powered By  Orson Infotech

प्रकाशित : १५ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६