खोज–अनुसन्धान

मायादेवी साझेदारी वन

संरक्षण, सुशासन र समृद्धिको राष्ट्रिय नमुना



रामु पौडेल

कपिलवस्तु, १८ जेठ

वन संरक्षण, जैविक विविधताको संवद्र्धन, पारदर्शी सुशासन र समुदायको आर्थिक–सामाजिक विकासलाई एकैसाथ अघि बढाउँदै आएको मायादेवी साझेदारी वन व्यवस्थापन समूह राष्ट्रिय स्तरकै उत्कृष्ट वन व्यवस्थापन संस्थाको रूपमा स्थापित भएको छ। बाणगंगा नगरपालिका–१०, पटना, कपिलवस्तुमा अवस्थित यस संस्थाले स्थापनाकाल देखि नै प्रभावकारी वन संरक्षण, दिगो व्यवस्थापन र वन पैदावारको न्यायोचित वितरण मार्फत समुदायको समृद्धिमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ।


संस्थाले वनलाई केवल काठ तथा दाउराको स्रोतका रूपमा सीमित नराखी जैविक विविधता संरक्षण, जलाधार व्यवस्थापन, वन्यजन्तुको सुरक्षित बासस्थान, जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको जीवनस्तर उकास्ने आधारका रूपमा विकास गरेको छ। वन व्यवस्थापन कार्य योजनाअनुसार सञ्चालन गरिएका गतिविधिहरूले वन क्षेत्रलाई हराभरा, उत्पादनशील तथा वातावरणीय रूपमा सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
वन अतिक्रमण नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै संस्थाले अतिक्रमित क्षेत्रको पहिचान, सीमा संरक्षण तथा पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेको छ। अतिक्रमण रोकथाम तथा नियन्त्रणका लागि १६ किलोमिटर ट्रेन्च निर्माण तथा मर्मत कार्य सम्पन्न गरिनु संस्थाको उल्लेखनीय उपलब्धि मानिएको छ। यसले वन क्षेत्रको सुरक्षा मजबुत बनाउनुका साथै प्राकृतिक स्रोतको संरक्षणमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको अध्यक्ष दिनेश जयसवालको भनाई रहेको छ।
वन संरक्षणसँगै डढेलो व्यवस्थापन, दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण, सामाजिक समावेशीकरण, वित्तीय सुशासन, सीप विकास तथा स्वरोजगार प्रवद्र्धनका क्षेत्रमा पनि संस्थाले प्रभावकारी काम गर्दै आएको छ। समुदायको सक्रिय सहभागिता र पारदर्शी व्यवस्थापन प्रणालीका कारण वन पैदावारको वितरण प्रक्रिया समेत व्यवस्थित र विश्वासिलो बनेको छ।
विशेषगरी गरिबी न्यूनीकरण, उद्यम विकास तथा नवप्रवर्तनका क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रमहरूले स्थानीय बासिन्दालाई आर्थिक रूपमा सशक्त बनाउने वातावरण सिर्जना गरेको उपभोक्ता लाला चौधरी बताउनु हुन्छ । वन संरक्षण र समुदायको समृद्धिलाई एक अर्कासँग जोडेर अघि बढाइएको संस्थाको अभ्यास अन्य वन व्यवस्थापन समूहका लागि समेत अनुकरणीय बनेको बनका अध्यक्ष दिनेश जयसवाल बताउनु हुन्छ ।
वन संरक्षण, सुशासन, सामाजिक उत्तरदायित्व तथा दिगो विकासका क्षेत्रमा हासिल भएका उपलब्धिहरूले मायादेवी साझेदारी वन व्यवस्थापन समूहलाई साझेदारी वन राष्ट्रिय पुरस्कारको बलियो दाबेदार बनाएको बन कर्मचारीको भनाइ छ। प्राकृतिक स्रोत संरक्षण र समुदायको समृद्धि एक साथ सम्भव छ भन्ने सन्देश प्रवाह गर्दै यस संस्थाले देशभरिका वन व्यवस्थापन समूहहरूलाई प्रेरणा प्रदान गरेको अध्यक्ष दिनेश जयसवाल बताउनुहुन्छ ।

प्रकाशित : १८ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६