गण्डकी, २१ जेठः धवलागिरि बहुमुखी क्याम्पस–अनुसन्धान व्यवस्थापन समिति, बागलुङको आयोजनामा ‘उच्च शैक्षिक संस्थाहरूमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय गोष्ठी हुने भएको छ । विश्वविद्यालय अनुदान आयोगको अनुदान सहयोगमा शुक्रबारदेखि सुरु हुने उक्त गोष्ठी दुई दिनसम्म सञ्चालन हुने सहायक क्याम्पस प्रमुख डा डिल्लीराज गौतमले जानकारी दिनुभयो । गोष्ठीमा शिक्षा र शासन, मानवशास्त्र र संस्कृति, वातावरण र जलवायु, साहित्य तथा मानविकी, विज्ञान, कृषि र आदिवासी अध्ययनलगायतका विषयमा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूबाट ४० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने उहाँले बताउनुभयो । गोष्ठीका प्रमुख वक्ताका रूपमा विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्रा डा भीमप्रसाद सुवेदी, त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा डा खड्क केसी र गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा इन्द्रप्रसाद तिवारीले ‘कि नोट स्पिच’ दिनुहुने छ । गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालयमातहतका प्राध्यापक, कर्मचारी, शिक्षक, शोधार्थीलगायतको सहभागिता रहने सहायक क्याम्पस प्रमुख गौतमले बताउनुभयो । तीन विश्वविद्यालय र मातहतका क्याम्पसबाट कार्यपत्र प्रस्तुतिका लागि ३० प्राध्यापक गोष्ठीमा भाग लिँदैछन् ।
२२ जेष्ठ २०८३, शुक्रबार









प्रतिक्रिया