खोज–अनुसन्धान

सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना



त्रिशूली (नुवाकोट), २३ जेठ

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देश विकास र सुशासनसहितको नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको बट्टारमा आयोजित प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री डा तिमिल्सिनाले विगतमा राजनीति पहुँचका आधारमा हुने बदमासीको अन्त्य गर्दै सरकारी निकायमा हुने ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदै आएको बताउनुभयो । उहाँले नागरिक सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउने दिशामा सरकार अघि बढिरहेको मन्त्री तिमिल्सिनाले स्पष्ट पार्नुभयो । “सरकार र मन्त्रीलाई प्रलोभनमा पारेर निर्णय प्रभावित गर्ने बिचौलियाको भूमिका देशभर समाप्त हुँदै गएको छ”, मन्त्री तिमिल्सिनाले भन्नुभयो, “वडा तहदेखि नै राजनीतिक संस्कार परिवर्तन गर्न आवश्यक छ”, “राजनीति स्वार्थको साधन होइन, देश निर्माणको माध्यम हुनुपर्छ ।” उहाँको अनुसार अब निर्णय प्रक्रियामा कुनै व्यक्ति वा बिचौलियाको प्रभावमा नभई प्रणालीगत रूपमा अघि बढ्ने अवस्थामा पुगेको छ । उहाँले विकासका काममा कुनै पनि क्षेत्र वा समुदायलाई विभेद नगरिएको उल्लेख गर्दै सबै नागरिकलाई समान पहुँच दिलाउने प्रणाली विकासमा सरकार केन्द्रित रहेको स्पष्ट पार्नुभयो । तीनै तहका सरकारका निर्णय र कार्यदिशा दीर्घकालीन दृष्टिले मूल्याङ्कन गर्नुपर्ने बताउँदै छोटो समयमा सबै परिणाम नदेखिए पनि जनताले विकास र सुशासनको महसुस पाउनुपर्ने उहाँको भनाइ छ । कार्यक्रम नुवाकोट–२ बाट निर्वाचित सांसद् डा अचुतम लामिछानेले संसद् र सरकारले जनताको सेवाको लागी अहोरात्र काम गरिरहेको बताउनुभयो । दिन र अवधिको गणना गरेर नतिजा निकाल्नुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन भएकाले आफूरूप सोहीअनुसार खटिएको उहाँको भनाइ छ । धादिङबाट निर्वाचित सांसद् बोधनारायण श्रेष्ठले नुवाकोट र धादिङका साझा विकासका एजेण्डा मिलेर समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सक्षम नेतृत्वले मात्र समस्या समाधान गर्न सक्ने धारणा राख्र्दै त्यसको लागी रास्वपा नै एक मात्र राजनीतिक शक्तिको रुपमा रहेको दाबी गर्नुभयो । रास्वपा नुवाकोटको जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयनको लागि सर्वसम्मतको प्रयासमा लाग्न प्रतिनिधिरूपले सुझाव दिएका छन् । आकांक्षीरूप धेरै भएकाले सर्वसम्मत नभएसगैँ नयाँ नेतृत्व चयन निर्वाचन प्रक्रियामार्फत अघि बढाइएको निर्वाचन संयोजक वसन्तराज फुयाँलले जानकारी दिनुभयो ।

प्रकाशित : २३ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६