जीवनशैली

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकलाको उपाधि अधिकारीलाई



काठमाडौँ, २४ जेठ

मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा आयोजित ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ विषयक वतृत्वकला प्रतियोगितामा आचल कुसुम अधिकारी प्रथम हुनुभएको छ । फाउण्डेशनले शनिबार यहाँ आयोजना गरेको नेपालको महिला आन्दोलनकी नेत्री ‘मङ्गलादेवी सिंहको योगदानमा आधारित वक्तृत्वकला प्रतियोगिता’ मा अधिकारी प्रथम हुनुभएको हो । प्रथम भएसँगै अधिकारीलाई नगद रु २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै, बिनिता तामाङ दोस्रो र शिवानी राउत तेस्रो हुनुभएको छ । दोस्रो र तेस्रो उपाधि हाँसिल गर्ने तामाङ र राउतलाई क्रमशः नगद रु १५ र रु १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा आरध्या घिमिरे, मान्यता धिताल र मनिषा खनालले शान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँहरुलाई जनही रु पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ६० जनाले भाग लिएका थिए । कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष सिर्जना सिंह, संविधानसभा सदस्य कल्याणी रिजाल, राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनीलगायतले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा अध्यक्ष सिंहले युवा पुस्तामा नेतृत्व क्षमता, प्रभावकारी अभिव्यक्ति र सामाजिक चेतनाको विकास गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रकाशित : २४ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६