कपिलवस्तु, २५ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्य समिति चयन भएको छ। अधिवेशनले शिवकुमार सुवेदीको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी प्रदान गरेको हो।
नवनिर्वाचित कार्य समितिमा शिवकुमार सुवेदी सभापति, रामनिवास पुरी उपसभापति,

यमलाल आचार्य सचिव,

इ. देवेन्द्र कुमार शर्मा सहसचिव

तथा रविन कार्की, सीता सापकोटासहित अन्य सदस्यहरू चयन भएको श्रोतले जनाएको छ । नयाँ नेतृत्व चयन भएसँगै पार्टी कार्यकर्ताहरू तथा शुभेच्छुकहरूले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूले पार्टीको संगठन सुदृढीकरण, जनताका मुद्दाको प्रभावकारी उठान तथा जिल्लामा पार्टीको गतिविधि विस्तारमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले पार्टीको नीति, सिद्धान्त र जनअपेक्षाअनुसार कार्य गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ। कार्यकर्ताहरूले नयाँ टोलीको नेतृत्वमा कपिलवस्तुमा पार्टी संगठन थप गतिशील र प्रभावकारी बन्ने अपेक्षा गरेका छन्।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने क्रम जारी रहेको छ।









प्रतिक्रिया