खोज–अनुसन्धान

फुल्चोकीमा अलपत्र तीन जनाको उद्धार



ललितपुर, २४ जेठः ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी क्षेत्रमा घुम्न गएका तीन जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।काठमाडौँ महानगरपालिका–२२ का एक पुरुष र दुई महिला फुल्चोकी भ्रमणपछि फर्किने क्रममा बाटो भुलेर जङ्गलमा अलपत्र परेको अवस्थामा आज प्रहरीले उद्धार गरेको हो । उनीहरू हराएको सूचना जिल्ला प्रहरी परिसर ललितपुरको परिचालन कक्षमा प्राप्त हुनासाथ तत्काल उद्धार टोली परिचालन गरिएको परिसरका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । प्रहरी टोलीले खोजी अभियान सञ्चालन गरी अलपत्र परेका तीनै जनालाई सकुशल उद्धार गरेको थियो । प्रहरी उपरीक्षक मिश्रका अनुसार पछिल्ला दिनमा साप्ताहिक बिदाको अवसर पारेर फुल्चोकी क्षेत्र घुम्न जाने र घना जङ्गलमा बाटो बिराएर अलमलिने घटना बढेका छन् । शनिबार पनि फुल्चोकी क्षेत्रमा बाटो भुलेका चार जनाको प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको थियो ।प्रहरीले फुल्चोकीलगायत जङ्गल तथा पदयात्रा गर्दा समूहमा जान, आवश्यक सामग्री साथमा राख्न तथा निर्धारित बाटो मात्र प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ

प्रकाशित : २५ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६