खोज–अनुसन्धान

कसरी बन्द ? “ब्राण्ड बाणगङ्गा, विलिभ बाणगङ्गा”



लक्ष्मण प्रसाद बेल्बासे

कपिलवस्तु २९

कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रमले “ब्राण्ड बाणगङ्गा, विलिभ बाणगङ्गा” लाई पुष्टाई गर्ने तथ्यगत आधार तय गरेको दावी गरेको छ ।
बाणगंगा नगरलाई समृद्ध, आत्मनिर्भर, प्रविधिमैत्री र नागरिक मैत्री बनाउने स्पष्ट दिशा निर्देश दिएको छ। जुन “ब्राण्ड बाणगङ्गा, विलिभ बाणगङ्गा” अभियानलाई सार्थक बनाउने महत्वपूर्ण आधार भएको नगर प्रमुख चक्रपाणी अर्यालको तर्क रहेको छ । अर्यालले थप पुष्टाई गर्दै
शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सुशासन र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै “ब्राण्ड बाणगङ्गा, विलिभ बाणगङ्गा” लाई ब्यवहारमै उतार्ने तर्क गर्नु भयो ।
कुल १ अर्ब ८९ करोड ९२ लाख ७३ हजार रुपैयाँ बराबरको स्रोत परिचालन अनुमान गरेको नगरपालिकाले संघीय तथा प्रदेश अनुदान, सामाजिक सुरक्षा, आन्तरिक राजस्व र साझेदारी कार्यक्रमहरू समावेश छ । मूलभुत रुपमा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ मा तपशिलका विषयवस्तुमा जोड दिएको पाइएको छ ।
नीति तथा कार्यक्रमका मुख्य उद्देश्य
दीगो विकास लक्ष्यको स्थानीयकरण, जनताको खुसियाली अभिवृद्धि, समावेशी, समानुपातिक र सहभागितामूलक विकास, प्रविधिमैत्री सेवा प्रवाह र सुशासनमा जोड रहेको छ ।


शिक्षामा आधुनिकीकरण र डिजिटल रूपान्तरण तर्फ

नगरपालिकाले २०८३/८४ लाई ‘शिक्षामा आधुनिकीकरण वर्ष’ घोषणा गरेको छ। स्मार्ट विद्यालय, ई–लर्निङ, डिजिटल कक्षा, कृत्रिम बुद्धिमत्ता र ई–हाजिरी प्रणाली लागू गर्ने योजना अघि सारिएको जनाएको छ।
सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड, कम्प्युटर र प्रोजेक्टर विस्तार, प्रधानाध्यापक र शिक्षकसँग कार्यसम्पादन सम्झौता, बालमैत्री, अपाङ्गमैत्री र छात्रामैत्री विद्यालय पूर्वाधार, प्राविधिक तथा व्यावसायिक शिक्षालाई श्रम बजारसँग जोड्ने नीति, स्थानीय भाषा, कला, साहित्य र संस्कृति संरक्षणका लागि सांस्कृतिक सङ्ग्रहालय निर्माण नगरपालिकाले “हाम्रो विद्यालय, हाम्रो जिम्मेवारी” अभियान मार्फत समुदायको अपनत्व बढाउने लक्ष्य पनि लिएको छ।
स्वास्थ्य सेवा विस्तार र पोषण मैत्री नगर

स्वास्थ्य क्षेत्रमा पिपरा अस्पताललाई २५ बेडमा स्तरोन्नति गर्ने योजना विशेष महत्त्वपूर्ण छ। विशेषज्ञ सेवा, डिजिटल स्वास्थ्य सेवा र आपतकालीन औषधि व्यवस्थापनमा जोड दिइएको छ। निःशुल्क एम्बुलेन्स सेवा निरन्तरता, पूर्ण खोप र पोषण कार्यक्रम विस्तार, पाठेघर क्यान्सर स्क्रिनिङ र सिकल सेल एनेमिया परीक्षण, मृगौला तथा गम्भीर रोगीलाई उपचार सहयोग आयुर्वेद, योग र प्राकृतिक चिकित्सा प्रवद्र्धन
नगरपालिकाले “पोषणमैत्री नगरपालिका” को दीगोपना कायम गर्ने लक्ष्य समेत राखेको छ जनाएको छ ।
ड्ड कृषि, पशुपालन र आत्मनिर्भर अर्थतन्त्र
कृषिलाई आधुनिक, व्यवसायिक र बजारमुखी बनाउने नीति यस वर्षको प्रमुख आर्थिक एजेन्डा रहेको जनाएको छ । कृषि क्षेत्रमा विशेष कार्यक्रम अन्र्तगत
“एक वडा, एक उत्पादन” अवधारणा विस्तार
प्राङ्गारिक मल, कम्पोष्ट मल र गड्यौला मल उत्पादन प्रोत्साहन, कृषि उपज सङ्कलन केन्द्र र “कोशेली घर” सञ्चालन ।
डिजिटल कृषि सेवा र माटो परीक्षण कार्यक्रम ः युवा कृषक लक्षित व्यवसायिक कृषि विकास कार्यक्रम, पशुपालनतर्फ दूध उत्पादन वृद्धि, नश्ल सुधार, कृत्रिम गर्भाधान र पशुरोग नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिइनेछ। गाई संरक्षण केन्द्रलाई “एनिमल रिसर्च सेन्टर” मा रूपान्तरण गर्ने पहल पनि उल्लेखनीय छ।
पूर्वाधार विकासः दीगो र व्यवस्थित नगर
सडक, खानेपानी, ढल निकास, घर नम्बरिङ, डिजिटल नक्सापास र सार्वजनिक पूर्वाधारलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।
प्रमुख पूर्वाधार योजना अन्र्तगत
अधुरा योजनाहरूलाई पहिलो प्राथमिकतामा सम्पन्न गर्ने , “एक घर, एक धारा” अभियानलाई पूर्णता दिने । सडक हरियाली र फुटपाथ निर्माण, फोहरमैला व्यवस्थापन केन्द्र र डम्पिङ साइट सुधार रहेका छन् ।
सार्वजनिक भवनमा प्रविधिमैत्री पूर्वाधार तर्फ
घर नम्बरिङ र डिजिटल नक्सा प्रणाली मार्फत नगरको भौतिक तथा जनसांख्यिकीय अभिलेख व्यवस्थित गर्ने योजना अघि सारिएको छ।


सुशासन, डिजिटल सेवा र नागरिक सहभागिता तर्फ
नगरपालिकाले सेवा प्रवाहलाई पारदर्शी, छिटो र उत्तरदायी बनाउन सूचना प्रविधिको व्यापक प्रयोग गर्ने जनाएको छ।
सुशासन तर्फ
ई–सेवा र डिजिटल प्रशासन विस्तार, सि.सि.टि.भी. निगरानी प्रणाली विस्तार, नागरिक गुनासो सुनुवाइ कार्यक्रम रहेका छन् ।
कार्य सम्पादनमा आधारित अनुगमन र मूल्याङ्कन, भ्रष्टाचार नियन्त्रण र जवाफदेहितामा जोड “असहायको साथमा नगरपालिका, घर–घरमा सामाजिक सुरक्षा” कार्यक्रम मार्फत अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई घरमै सेवा पु¥याउने व्यवस्था गरिने बताइएको छ।

युवा, खेलकुद र सामाजिक रूपान्तरण

युवालाई विकासको मुख्य शक्ति मान्दै सीप विकास, स्वरोजगार, खेलकुद र सामाजिक अभियानमा जोड दिइएको छ। मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, युवा क्लब सशक्तीकरण र स्वयम्सेवा कार्यक्रम, दुव्र्यसन नियन्त्रण र सचेतना अभियान, “एक पूर्वाधारयुक्त खेलमैदान” निर्माण अभियान, वातावरण संरक्षण र विपद् व्यवस्थापन , हरित ऊर्जा, प्लाष्टिक झोला न्यूनीकरण, वृक्षारोपण, नदी कटान नियन्त्रण र विपद् जोखिम न्यूनीकरण कार्यक्रमलाई प्राथमिकता दिइएको छ। फोहर व्यवस्थापनलाई “संस्कार” का रूपमा स्थापित गर्ने दीर्घकालीन सोच पनि प्रस्तुत गरिएको छ।
बाणगङ्गा नगरपालिकाको २०८३/८४ नीति तथा कार्यक्रम यो वार्षिक प्रशासनिक दस्तावेज मात्र नभई नगरको दीर्घकालीन रूपान्तरणको रणनीतिक खाका भएको नगर उपप्रमुख रिता कुमारी चौधरीको भनाई रहेको छ । उपप्रमुख चौधरीले शिक्षा र स्वास्थ्यमा डिजिटल रूपान्तरण, कृषिमा आत्मनिर्भरता, पूर्वाधारमा दीगो विकास, र सुशासनमा प्रविधिमैत्री व्यवस्थापनले नगरलाई आधुनिक स्थानीय सरकारको नमुनातर्फ उन्मुख गराउने स्पष्ट आधार रहेको बताउनु भयो । नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले योजनाहरूको प्रभावकारि कार्यान्वयन क्षमता, वित्तीय अनुशासन, नागरिक सहभागिता र अन्तरनिकाय समन्वयमा निर्भर रहने बताउनु भयो । मरासिनीले घोषित कार्यक्रमहरू समयमै र पारदर्शी रूपमा कार्यान्वयन हुने र बाणगङ्गा नगरपालिका कपिलवस्तु मात्र होइन, राष्ट्रिय स्तरमै स्थानीय विकासको सफल मोडेल बन्न सक्ने विश्वास ब्यक्त गर्नु भयो ।

प्रकाशित : २९ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६