देश

सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त



काठमाडौँ, ३० जेठः

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व याम भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति थापाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी ८१ वर्षीय उमेरमा निधन हुनुभएका भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भण्डारीले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को स्थापनाकालमा झापा जिल्ला र विशेषगरी मेची क्याम्पसको विद्यार्थी राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । पार्टीका उपसभापति विश्वप्रकाश शर्माको परिवारका ज्येष्ठ अभिभावकसमेत रहनुभएका स्वर्गीय भण्डारीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक कठोर जेलजीवन र शारीरिक यातना भोग्नुभएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । भण्डारीको निधनप्रति कांग्रेस सभापति थापाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सभापति थापाले भण्डारीको निधनबाट पार्टीले एक अथक र अविचलित योद्धा गुमाएको बताउनुभयो । उहाँले शोकको यस घडीमा स्व भण्डारीकी धर्मपत्नी सन्ध्या भण्डारी, छोरा शरद, छोरीहरू अनुपमा र सम्पूर्णतासहित सम्पूर्ण परिवारजनमा व्यक्तिगत र पार्टीका तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रकाशित : ३० जेष्ठ २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६