खोज–अनुसन्धान

कालीकोटमा भेटियो रेडपान्डा



मान्म (कालीकोट), ३ असार

कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) भेटिएको छ । जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिका रेडपान्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैरसरकारी संस्थाहरुले जनाएका छन् । तिलागुफा नगरपालिका–१० को रुरुबन्चु पाटन, शुभकालिका गाउँपालिका–६ को हाउडी लेकमा र महावै गाउँपालिका–२ को महावै पाटन क्षेत्रमा रेडपाण्डा भेटिएको उनीहरुको भनाइ छ । तिलागुफा नगरपालिका–१० स्थित रेडपान्डा संरक्षण वन क्षेत्र रुडुबञ्चुमा जैविक विविधता अनुगमनका क्रममा दुर्लभ रेडपान्डा भेटिएको हुरन्डेक नेपालका कालीकोट जिल्ला संयोजक दिलीपकुमार शाहीले बताउनुभयो । “संस्थाले समुदायलाई संरक्षणमा लाग्न सचेतना जगाउने र बासस्थानका रुपमा रहेका निगालो एवं बाँसको जङ्गल नमास्न स्थानीयलाई आग्रह गर्दै आएको छ”, उहाँले भन्नुभयो, “पालिकामा संरक्षणका क्षेत्रमा प्रभावकारी रुपमा भइरहेको छ ।” तिलागुफा नगरपालिकाका प्रमुख महेन्द्रबहादुर शाहीले रुरुबञ्चु पाटनमा रेडपान्डा भेटिएको जानकारी दिँदा यसको संरक्षणका लागि स्थानीय तहले पहल गर्दै आएको बताउनुभयो । “विगतमा नगरपालिकाको पर्यटकीय क्षेत्रसमेत रहेको रुरुबन्चु पाटनमा रेडपान्डा भएको स्थानीयले बताउँदै आएका थिए । अहिले अनुसन्धान गर्दै जाँदा दुर्लभ बन्यजन्तु रेडपान्डा भेटिएको छ”, उहाँले भन्नुभयो, “संरक्षणका लागि नगरपालिकाले सङ्घसंस्था मिलेर काम गरिरहेको छ । अहिले स्थानीयलाई जनचेतना जगाउने काम भइरहेको छ ।” त्यस्तै, शुभकालिका गाउँपालिका–६ को हाउडी लेकमा पनि रेडपान्डाको बासस्थान भेटिएका गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताउनुभयो । “हामीले विगतमा नै हाउडी लेकलगायत क्षेत्रमा रेडपान्डा भेटिएको पत्ता लगाएका थियौँ”, उहाँले भन्नुभयो । महावै गाउँपालिकाको महावु पाटन क्षेत्रमा रेडपान्डाको उचित बासस्थान रहेको र त्यस क्षेत्रमा पनि रेडपान्डा भेटिएको गाउँपालिकाले जनाएको छ । रेडपान्डा विशेषगरी बाँस र निगालो पाइने चिसो वन क्षेत्रमा बसोबास गर्छ । जङ्गलमा घाँसदाउरा गर्दा हुने मानवीय चाप, डढेलो र कुकुरको आक्रमणका कारण रेडपान्डाको बासस्थान सङ्कट पर्र्दै गएको संरक्षणकर्मीहरुले बताउने गरेका छन् ।

प्रकाशित : ३ असार २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६