खोज–अनुसन्धान

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडैः मुख्यमन्त्री कार्की



मोरङ, ३ असार

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन यथाशक्य छिटो हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आज आयोजित कार्यक्रममा उहाँले यही असारभित्र प्रतिष्ठानका पदाधिकारी नियुक्ति र लोककल्याणकारी विज्ञापनसम्बन्धी व्यवस्थालाई व्यवस्थित तुल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारलाई विज्ञापन र सूचना सबै सञ्चारमाध्यमलाई समानरुपमा उपलब्ध गराउन आग्रह गर्दै उहाँले यसबारे सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउन महासङ्घलाई सुझाव दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सरकारी सूचना, विज्ञापन सबैखाले सञ्चारमाध्यमले प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित : ३ असार २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६