खोज–अनुसन्धान

‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते



काठमाडौँ, ४ असार :

चलचित्र समीक्षक समाजले यही असार ६ गते ‘क्रिटिक्स फिल्म अवार्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले वर्ष २०८१ र २०८२ का विजेतालाई एकै साथ उक्त अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएको छ । समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले अवार्डका लागि सहभागी भएका चलचित्रहरूको मूल्याङ्कनपछि विजेता घोषणा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले केही समयदेखि रोकिएको ‘क्रिटिक्स फिल्म अवार्ड’ लाई निरन्तरता दिँदैछौँ, चलचित्रले प्राप्त गरेको व्यावसायिक सफलताभन्दा पनि समीक्षकका नजरमा उत्कृष्ट भएका काम र नयाँ प्रयोगलाई प्रोत्साहन गर्न अवार्ड प्रदान गर्न लागेका हौँँ ।” उहाँले अवार्डका लागि चलचित्र आह्वान गर्ने र सहभागी भएका चलचित्रलाई समीक्षकले हेरेर दिने नतिजाका आधारमा कार्यसमितिले छलफल गरेर विजेता घोषणा गर्ने गरेको स्पष्ट गर्नुभयो ।

प्रकाशित : ४ असार २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६