खोज–अनुसन्धान

राष्ट्रियसभाबाट विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत



काठमाडौँ, ५ असार

राष्ट्रियसभाको आजको बैठकले विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा सांसद सम्झना देवकोटाले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस्’ भनी राख्नुभएको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । त्यसपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी गर्नुभएको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो । सांसद मिनासिंह रखालले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी राख्नुभएको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो । सांसद रञ्जित कर्णले राख्नुभएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी राख्नुभएको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो । सांसद रोशनी मेचेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी राख्नुभएको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । त्यसपछि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ लाई स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानुनमन्त्री गौतमले थारु आयोगको २०८१/८२ को वार्षिक प्रतिवदेन पेस गर्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही असार ११ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

प्रकाशित : ५ असार २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६