ब्रेकिंग न्युज

गढवाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या



घोराही (दाङ), ७ असार

दाङको गढवा गाँउपालिकाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । गढवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले सुरु भएको रक्तअल्पता (एनेमिया) परीक्षण कार्यक्रमपश्चात् यस्तो तथ्याङ्क भेट्टीएको हो । गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत पहिलो चरणमा तीन विद्यालयका ७०० बढी किशोरीको परीक्षण सम्पन्न भएको छ । जनता माध्यमिक विद्यालय, शुभतारा इङ्लिस बोर्डिङ स्कुल र ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुल गरी तीन विद्यालयका ७४५ किशोरीको परीक्षण गर्दा ५३७ जनामा रक्तअल्पता देखिएको जनस्वास्थ्य कार्यालयका ल्याब टेक्नोलोजिस्ट उज्ज्वलकुमार पौडेलले जानकारी दिनुभयो । गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले किशोरीको स्वास्थ्य सुधार गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै रक्तअल्पता न्यूनीकरणका लागि विद्यालय, अभिभावक र स्वास्थ्य संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार यही असार ८ गते गढवा गाउँपालिका–३ का थप तीन विद्यालयका किशोरीको रक्तअल्पता परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । किशोरीमा उच्च दरमा रक्तअल्पता देखिनुले पोषण तथा स्वास्थ्य क्षेत्रमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

प्रकाशित : ७ असार २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६