देश

रास्वपाको महाधिवेशनमा छिमेकीसहित वाह्य देशका पार्टीहरुको शुभकामना



काठमाडौँ, ७ असार

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका अवसरमा भारतीय जनता पार्टीलगायत विश्वका विभिन्न पार्टी र राजनीतिक दलले शुभकामना सन्देश पठाएका छन् । चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटनसत्रमा परराष्ट्रमन्त्री एवं रास्वपाका नेता शिशिर खनालले ती शुभकामना सन्देश वाचन गरेर सुनाउनुभयो । भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नीतिन नवीन, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख, इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टी (आइसिएपिपी), सत्तारुढ भुटान, बङ्गलादेश, मलेसिया, दक्षिण कोरियाका पार्टीलगायतले शुभकामना दिएको मन्त्री खनालले जानकारी गराउनुभयो । ती सन्देशमा नेपालको स्थिरत, विकास र समृद्धिका लागि रास्वपाले पाएको अभिमतको प्रशंसा गर्दै आपसी सम्बन्ध र सहकार्यवृद्धिमा जोड दिइएको छ ।

प्रकाशित : ७ असार २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६