खोज–अनुसन्धान

शिक्षा, स्वास्थ्यमा महाराजगञ्जको फड्को



महाराजगञ्ज (कपिलवस्तु), ८ असार

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकावगतका आिर्थिक वर्षमा विकास, सेवा प्रवाह र सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। “समृद्ध महाराजगञ्ज” को दीर्घकालीन लक्ष्य सहित अघि बढेको नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक सुरक्षाका क्षेत्रमा प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण उपलब्धि हासिल गरेको पालिकाको तथ्यहरुले देखाएको हो।
शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले १० वटा माध्यमिक विद्यालयमा इन्टर एक्टिभ स्मार्ट बोर्ड जडान गरी प्रविधिमैत्री शिक्षण प्रणालीको सुरुआत गरेको छ। यससँगै वडा नम्बर २, ३, ८, १० र ११ मा गरी छ वटा नयाँ विद्यालय भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीले थप सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण पाएका छन्।
स्वास्थ्य सेवाको पहुँच विस्तारतर्फ नगरपालिकाले बरईपुर, उदयपुर र बलरामवापुरमा नयाँ स्वास्थ्य केन्द्र भवन निर्माण गरेको छ। निर्माणको अन्तिम चरणमा रहेको १५ शैयाको अस्पताल सञ्चालनमा आएपछि नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा स्थानीय स्तरमै प्राप्त गर्ने अपेक्षा गरिएको छ। महिलाका लागि निःशुल्क पाठेघर परीक्षण, गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा तथा ५० प्रतिशत अनुदानमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएकाले विपन्न तथा कमजोर वर्ग प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
यद्यपि आन्तरिक राजस्व स्रोतको सीमितता तथा निर्माणाधीन १५ शैयाको अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्नु नगरपालिकासामु रहेका प्रमुख चुनौतीका रूपमा देखिएका छन्। नगरपालिकाले आगामी दिनमा संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा ठूला विकास आयोजना भित्र्याउने, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने तथा आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणतर्फ केन्द्रित हुने योजना अघि सारेको छ।
नगरपालिकाले सार्वजनिक गरेका उपलब्धि र तथ्याङ्कहरूले महाराजगञ्जमा विकासको आधार क्रमशः सुदृढ बन्दै गएको तथा नागरिकको जीवनस्तर सुधारका लागि सकारात्मक वातावरण निर्माण हुँदै गएको सरोकारवालाहरुको भनाइ रहेको छ ।

प्रकाशित : ८ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६