ब्रेकिंग न्युज

शुद्धोधन गाउँपालिकामा ईश्वरी प्रसाद न्यौपाने निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त



लवनी (कपिलवस्तु), ११ असार

शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, लवनी, कपिलवस्तुमा रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत पदको जिम्मेवारी प्रशासकीय अधिकृत ईश्वरी प्रसाद न्यौपानेलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा प्रदान गरिएको छ।
बुधबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले न्यौपानेलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गराएका हुन्। यससँगै गाउँपालिकाको प्रशासनिक नेतृत्वले निरन्तरता पाएको छ।


न्यौपाने यसअघि गाउँपालिकाको प्रशासकिय अधिकृतको रूपमा कार्यरत रहँदै विकास योजना तर्जुमा, कार्यान्वयन तथा समन्वयका क्षेत्रमा जिम्मेवारी निर्वाह गर्दै आएका थिए। स्थानीय तहको प्रशासनिक तथा विकास व्यवस्थापनबारे राम्रो अनुभव भएका कारण उनलाई नयाँ जिम्मेवारी प्रदान गरिएको गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले बताउनु भयो ।
गाउँपालिकामा केही समयदेखि प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहँदा प्रशासनिक निर्णय प्रक्रिया र सेवा प्रवाहमा देखिएका अन्योलता हट्ने अपेक्षा गरिएको छ। नयाँ जिम्मेवारीसँगै प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने विश्वास स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूले व्यक्त गरेका छन्।
भद्र, सरल र समन्वयकारी स्वभावका रूपमा परिचित न्यौपानेको नेतृत्वमा गाउँपालिकाका विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक कार्यहरू थप गतिशील बन्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले सुशासन, विकास र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आगामी दिनमा कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ग्रहणसँगै गाउँपालिकाको प्रशासनिक संयन्त्रले नयाँ ऊर्जा र स्पष्ट नेतृत्व प्राप्त गरेको सरोकारवालाहरूको भनाइ छ।

प्रकाशित : ११ असार २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६