खोज–अनुसन्धान

कर्मचारी अभावले प्रभावित यशोधरा गाउँपालिकाको सेवा प्रवाह, ९५ दरबन्दीमा ६५ कर्मचारी मात्र



रामु पौडेल

कपिलवस्तु, १२ असार

कपिलवस्तुको यशोधरा गाउँपालिकामा कर्मचारी अभावका कारण दैनिक सेवा प्रवाह र विकास निर्माण सम्बन्धी कार्य प्रभावित भएको छ। गाउँपालिकामा स्वीकृत दरबन्दी अनुसार कर्मचारी उपलब्ध नहुँदा प्रशासनिक तथा वडा स्तरका सेवा समेत प्रभावित बनेका हुन् ।
यशोधरा गाउँपालिकाका प्रशासकीय अधिकृत रेशम राज शर्माका अनुसार गाउँपालिकामा ९५ जनाको स्वीकृत दरबन्दी रहे पनि हाल ६५ जना कर्मचारी मात्रै कार्यरत छन्। आवश्यक जनशक्ति नहुँदा कार्यालयका नियमित कामदेखि विकास आयोजना कार्यान्वयनसम्म कठिनाइ भइरहेको उहाँले बताउनुभयो।
प्रशासकीय अधिकृत शर्माका अनुसार कर्मचारी अभाव पूर्ति गर्न लुम्बिनी प्रदेश सरकारसँग पटक–पटक आवश्यक कर्मचारी उपलब्ध गराइदिन अनुरोध गरिएको भए पनि हालसम्म पदपूर्ति हुन सकेको छैन। यसले गाउँपालिकाको दैनिक कार्यसम्पादनमा प्रत्यक्ष असर परेको उहाँको भनाइ छ।
विशेषगरी वडा सचिवको अभावले वडा कार्यालयबाट प्रदान गरिने सेवा थप प्रभावित बनेको गाउँपालिकाले जनाएको छ। वडा तहका प्रशासनिक काम, सिफारिस, योजना सञ्चालन तथा सेवाग्राहीलाई प्रदान गरिने नियमित सेवामा समेत जनशक्ति अभावले समस्या उत्पन्न भएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो।
स्थानीय तहलाई संविधानले नागरिकको सबैभन्दा नजिकको सरकारको रूपमा परिकल्पना गरे पनि आवश्यक जनशक्ति अभावले सेवा प्रवाहमा चुनौती थपिएको देखिएको छ। कर्मचारी रिक्त पद समयमै पूर्ति गर्न नसक्दा स्थानीय सरकारको कार्यक्षमता र सेवाको प्रभावकारितामा असर पर्ने भएकाले सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित : १२ असार २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६