ब्रेकिंग न्युज

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ



काठमाडौँ, २० असार

सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदमा ं लेखक तीर्थप्रसाद श्रेष्ठलाई मनोनयन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्ष रहनुभएका मन्त्री खडक राज पौडेल (गनेस)को यही असार १७ र १८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार लेखक श्रेष्ठलाई सदस्य सचिव पदमा नियुक्त गरिएको मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । सदस्य सचिव श्रेष्ठले पदबहाली पनि गर्नुभएको छ । पदबहालीपछि उहाँले पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण, कोषका सबै काम कारबाहीमा पारदर्शिता र पशुपति क्षेत्रका धर्म, संस्कृति एवं परम्पराको संरक्षणमा काम गरिने बताउनुभयो ।

प्रकाशित : २० असार २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६