ब्रेकिंग न्युज

सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे



काठमाडौँ, २२ असार

प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफ्नो पार्टीले सकारात्मक कामको प्रशंसा गर्न कन्जुस्याइँ नगर्ने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर उहाँले सरकारले १०० दिनका अवधिमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिन्छु भन्नुभयो । सांसद आङ्देम्बेले भन्नुभयो“ सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र केही संरचनागत सुधारका विषयमा सरकार सक्रिय देखिएको छ । सकारात्मक काम जहाँ भएका छन्, त्यसको प्रशंसा गर्न कांग्रेस कन्जुस्याइँ गर्दैन । किनभने सरकार सफल हुँदा अन्ततः सफल हुने भनेको नेपाली जनता हुन् । नेपाल देश हो ।” उहाँले लोकतन्त्रमा सरकारको मूल्याङ्कन नागरिकको अनुभवबाट हुने टिप्पणी गर्दै सरकारको मूल्याङ्कन संविधानको सम्मानबाट संसद्प्रतिको उत्तरदायित्वबाट र सार्वजनिक संस्थाको विश्वसनीयताबाट हुने बताउनुभयो । उहाँले भन्नुभयो,“लोकतन्त्रमा प्रश्न गर्नु विरोध होइन, उत्तरदायित्व हो । राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्छ । लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि र संविधानको औचित्यपूर्ण संशोधनका लागि सरकारलाई सहयोग गर्दछ । यदि सरकारले राष्ट्रिय सहमतिका लागि हात बढाउँछ भने कांग्रेस सधैँ सकारात्मक भूमिका खेल्न तयार छ । हामी सरकार सफल होस् भन्ने चाहन्छौँ, किनभने सरकार सफल हुँदा सफल हुने नेपाली जनता हुन् । नेपाली जनताको जीवनमा परिवर्तन आउने हुन् ।” नेता आङ्देम्बले सुकुम्बासी समस्याको दिगो समाधानका लागि आग्रह गर्नुभयो । साथै उहाँले संविधान निर्माणमा संसद्का सबै दल, संसद् बाहिरका पार्टीदेखि विभिन्न दल, संवैधानिक कानुनका विज्ञलगायतबीच संवाद गर्नुपर्ने सुझाव दिनुभयो । सर्वपक्षीय रूपमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले एउटै हात्तीको आक्रमणबाट २५ जनाको ज्यान गएको र एउटै परिवारका चारजनाले ज्यान गुमाउनुपरेको पीडादायी अवस्थामा सरकारले हात्ती नियन्त्रण गर्न प्रभावकारी योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । “यस्तो अवस्थामा राहत बाँडेर मात्र दायित्व पूरा हुँदैन । जङ्गली जनावरबाट नागरिकको जीवन र खेतीपातीको सुरक्षा गर्ने दीर्घकालीन नीति, प्रभावकारी उद्धार संयन्त्र र शीघ्र हस्तक्षेपको व्यवस्था तत्काल लागू गरियोस्” उहाँले माग गर्नुभयो । –––

प्रकाशित : २२ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६