काठमाडौँ, २३ असार
राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा वाग्लेले प्रस्ताव प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्ताव प्रस्तुत गर्दै मन्त्री डा वाग्लेले सरकारले सहुलियत ऋण मात्रै लिएको स्पष्ट पार्नुभयो । यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु रामकुमारी झाक्री, प्रेमप्रसाद दंगाल र खम्मबहादुर खातीले भाग लिदै आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठक पाँच मिनेटका लागि स्थगित गर्नुभएको छ । —
Powered By Orson Infotech









प्रतिक्रिया