अर्थ-वाणिज्य

बाणगंगामा उपभोक्ता समिती मार्फत ७६ प्रतिशत योजना कार्यान्वयन

पूर्वाधार बजेटको ७५ प्रतिशत बढी खर्च



पार्वती पाण्डे
कपिलवस्तु २५ असार
भदौमा भएको जेन्जी आन्दोलनको प्रभाव र अमेरीका —इरान बीचको द्धन्दले श्रृजना गरेको इन्धन र कालोपत्रे सामाग्रीको चरम संकटका बीच कपिलवस्तुको बाणगंगा नगरपालिकामा पूजीगत वजेटको ७५ प्रतिशत बढी खर्च भएको छ । असार २४ गते सम्मा नगरमा कार्य सम्पन्न भई भुक्तानी भएको फाइलका आधारमा उक्त रकम खर्च भएको पाइएको हो । त्यसोत यो रकम २ देखी ३ प्रतिशत सम्म वढ्न सक्ने वताइएको छ । नगर प्रमुख चक्रपाणी अर्यालले लेखा शाखाले दिएको जानकारीका आधारमा केहि फाइल सफटबेयरले काम नगरेकोले भुक्तानी प्रकृयामा रहेको वताउनु भयो । तर २४ असार सम्म ७५ प्रतिशत पूजीगत खर्चको भुक्तानी भई सकेको मेयर अर्यालको भनाइछ ।
यता प्रमुख प्रशसकिय अधिकृत भक्ति राम मरासीनीले यसपाली असार २० भन्दा अगावै धेरै भुक्तानी भई सकेकाले खाता बन्द हुने एक दुइ दिन अघि त कार्यलयमा कुनै भिडभाड नै नदेखीएको वताउनु भयो । पूजीगत खर्च कम्तीमा ८० प्रतिशत पुग्नेगरी काम भएपनि २ /३ प्रतिशत कम हुने स्थिती आएको उहाले जानकारी दिनु भयो ।
बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक, पुल, नाली, सिंचाइ, खानेपानी, शैक्षिक तथा सामुदायिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। पूर्वाधार विकास समितिले नगरसभामा प्रस्तुत गरेको प्रतिवेदनअनुसार नगरको कुल १ अर्ब ८२ करोड ३० लाख रुपैयाँ बजेटमध्ये भौतिक पूर्वाधार विकासका लागि ५५ करोड ८५ लाख १० हजार ५ सय रुपैयाँ विनियोजन गरिएको थियो । त्यस मध्ये हालसम्म यस शीर्षकमा ७५ प्रतिशत अर्थात ४१ करोड ८८ लाख ८२ हजार वजेट खर्च भइ भुक्तानी समेत भई सकेको छ।
चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारतर्फ ५२१ वटा योजना सम्झौता भएका थिए । तीमध्ये १२३ वटा योजना ठेक्का प्रक्रियाबाट र ३९८ वटा योजना उपभोक्ता समितिमार्फत सञ्चालन भएका हुन्। प्रतिशतका आधारमा हेर्दा उपभोक्ता समिती मार्फत कार्यान्वयन भएका योजना ७६ प्रतिशत हुन आउछ । असार २४ सम्म ३९१ वटा योजना सम्पन्न भई भुक्तानी भइसकेको छ । केहि भुक्तानी प्रकृयामा रहेको प्रम्ुख प्रशासकिय अधिकृत मरासीनिले वताउनु भयो ।
पूर्वाधार विकासअन्तर्गत नगरपालिकाले सडक स्तरोन्नति, नाली निर्माण, मोटरेबल पुल तथा स्ल्याब कल्भर्ट, वडा केन्द्रदेखि नगर केन्द्र जोड्ने सडक, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका भवन, सार्वजनिक जग्गा संरक्षण, सिंचाइ कुलो तथा नहर निर्माण र धार्मिक तथा सामुदायिक संरचनाको संरक्षणलाई प्राथमिकतामा राखेको जनाएको छ।

हालसम्म १० हजार ९७० मिटर सडक कालोपत्रे, २ हजार ४८० मिटर सडक ढलान, १० हजार ९२२ मिटर सडक ग्राभेल, ४ हजार ७८६ मिटर सडक मर्मत, १११ मिटर लकिङ ब्लक, २ हजार ८६५ मिटर नाली तथा ५ हजार ४९३ मिटर नहर तथा कुलो निर्माण सम्पन्न भएको छ। यसैगरी २५ वटा कल्भर्ट, ११ वटा शैक्षिक पूर्वाधार, १४ वटा खानेपानी आयोजना, ११ वटा मन्दिर, ७ वटा सामुदायिक भवन, ११ वटा संस्थागत संरचना, ४८० मिटर विद्युतीकरण तथा ४०० मिटर नदी नियन्त्रणको काम सम्पन्न भएको छ।।
प्रदेश र संघीय सरकारसँगको साझेदारीमा समेत महत्वपूर्ण योजनाहरू अघि बढाइएको प्रतिवेदनमा उल्लेख छ। प्रदेश समपूरक कार्यक्रमअन्तर्गत सिमलपानी मार्ग स्तरोन्नतिको काम सम्पन्न भएको छ भने गजेहडा प्रतिक्षालय चोक–झुंगा–भक्तौली हुँदै रूपन्देही जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ। संघीय समपूरक अनुदानबाट बाणगंगा चक्रपथ अन्तर्गत बन्डौली–मोर्मी–बर्दहवा–चौवा–मोतिपुर सडक निर्माण कार्य पनि जारी रहेको छ। साथै संघीय बस्ती विकास कार्यक्रमअन्तर्गत चार योजनामध्ये दुई सम्पन्न भइसकेका छन् भने बाँकी दुई सम्पन्न हुने चरणमा छन्।सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा पनि नगरपालिकाले उल्लेखनीय विस्तार गरेको जनाएको छ। ४७ सामुदायिक विद्यालय, १२ स्वास्थ्य संस्था र ११ वडा कार्यालयमा ई–हाजिरी प्रणाली जडान गरिएको छ। विभिन्न सार्वजनिक स्थल, प्रशासनिक भवन तथा विद्यालयमा ६३ वटा सीसीटीभी जडान गरिनुका साथै ४० एमबीपीएस क्षमताको निःशुल्क वाइफाइ सेवा सञ्चालन गरिएको छ। ५०० घरधुरीभन्दा बढीका खानेपानी संस्थालाई सफ्टवेयर र वाटर मिटर रिडर उपकरण उपलब्ध गराइएको छ भने अनलाइन गुनासो प्रणाली तथा क्यूआर कोडमार्फत राजस्व संकलन प्रणाली सञ्चालनमा ल्याइएको छ।
भवन तथा सहरी विकासतर्फ १२७ वटा नयाँ घर दर्ता, १३१ वटा पहिलो चरण स्वीकृति, १२९ वटा दोस्रो चरण, ९४ वटा अन्तिम प्रमाणपत्र वितरण, १७५ वटा पुराना घर दर्ता तथा ३६२ वटा नियमित प्रमाणपत्र वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ। वैकल्पिक ऊर्जालाई प्रवद्र्धन गर्न सौर्य ऊर्जालाई प्राथमिकता दिइएको तथा सुधारिएको चुलो, विद्युतीय चुलो र बायोग्यास वितरणको तयारी भइरहेको नगरपालिकाले जनाएको छ।

प्रकाशित : २६ असार २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६