ब्रेकिंग न्युज

जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै रोटरी क्लबद्वारा दिल पार्कमा वृक्षारोपण



डिलाराम भुसाल

कपिलवस्तु, ६ साउन

वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा समुदायमा प्रकृति प्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुले बाणगंगा नगरपालिका–७ खारखानीस्थित दिल पार्कमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
मंगलबार आयोजित कार्यक्रममा पार्क परिसरमा फलफूलसहित विभिन्न प्रजातिका सयभन्दा बढी बिरुवा तथा फूलका बिरुवा रोपिएको क्लबले जनाएको छ। रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका चार्टर प्रेसिडेन्ट रोटेरियन धर्मराज भट्टराईको जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष रोटेरियन कृष्णप्रसाद भट्टराईले जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र हरियालीको ह्रासजस्ता चुनौतीसँग जुध्न वृक्षारोपण प्रभावकारी उपाय भएको बताए। उनले अहिले रोपिएका बिरुवाले वातावरणलाई स्वच्छ बनाउनुका साथै भावी पुस्ताका लागि स्वस्थ र सुरक्षित पर्यावरण निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।


अध्यक्ष भट्टराईले रोटरी क्लबले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता रचनात्मक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।
चार्टर प्रेसिडेन्ट रोटेरियन धर्मराज भट्टराईले जन्मदिनलाई व्यक्तिगत उत्सवका रूपमा सीमित नराखी समाज र प्रकृतिका लागि उपयोगी कार्यसँग जोड्न पाउँदा खुसी लागेको बताए। उनले जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा बिरुवा रोपेर हरियाली विस्तार गर्ने संस्कारले वातावरण संरक्षणप्रति समुदायमा सकारात्मक चेतना फैलाउने उल्लेख गरे।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष रोटेरियन गोपाल खनाल, पूर्व अध्यक्षहरू रोटेरियन माधव भाट क्षेत्री र रोटेरियन ज्ञानहरी न्यौपाने सहित क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

सहभागीहरूले वृक्षारोपणलाई औपचारिक कार्यक्रमका रूपमा नभई रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहलाई समेत उत्तिकै महत्त्व दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले यस्ता अभियानले वातावरण संरक्षणका साथै स्वच्छ, हराभरा र स्वस्थ समाज निर्माणमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
तस्बिर क्याप्सन ः
बाणगंगा नगरपालिका–७ खारखानीस्थित दिल पार्कमा रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुद्वारा आयोजित वृहत् वृक्षारोपण कार्यक्रममा सहभागी रोटेरियनहरू बिरुवा रोप्दै।

प्रकाशित : ६ श्रावण २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६