ब्रेकिंग न्युज

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन



दाङ, ९ साउन

ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२।०८३मा ट्राफिक नियम पालना नगर्ने १४ हजारबढी सवारी साधनलाई कारवाही गरेको छ । एक वर्षका अवधिमा १४ हजार ५६३ वटा सवारी साधनलाई कारवाही गर्दा एक करोड ५२ लाख ६० हजार, ५०० रुपैया राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक रहेका छन् । सो अवधीमा छ हजारभन्दा बढी मोटरसाइकल चालकलाई कारवाही गरिएको छ । जिल्लामा वितेको आर्थिक वर्ष २०८२।०८३मा ३४७ सवारी दुर्घटना हुँदा ७२ जनाको अकाल मै ज्यान गएको छ । ज्यान जानेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।ती दुर्घटनामा ६६१ सवारी साधन छन् । –––

प्रकाशित : ९ श्रावण २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६