ब्रेकिंग न्युज

दूरबिन प्रविधिबाट सफल एपेन्डिक्स शल्यक्रिया आधुनिक शल्य चिकित्साको नयाँ भरोसा निर्माण गर्दै युनाइटेड



कपिलवस्तु, १० साउन

कपिलवस्तुको मुटु मानिने बाणगंगा नगरपालिका–४, ठाकुरापुर स्थित युनाइटेड अस्पतालले आधुनिक स्वास्थ्य सेवाको विस्तारमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। अस्पतालमा वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा.सन्तोष पौडेलको नेतृत्वमा आइतवार एक बिरामीको ल्याप्रोस्कोपिक (दूरबिन प्रविधिबाट) एपेन्डिक्स शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।
यो शल्यक्रियाले जिल्लामै अत्याधुनिक प्रविधि मार्फत सुरक्षित र प्रभावकारी उपचार सेवा उपलब्ध हुन थालेको पुष्टी गरेको छ। केही वर्षअघि सम्म यस्ता शल्यक्रियाका लागि बुटवल, भैरहवा वा काठमाडौं धाउनुपर्ने बाध्यता रहेका बिरामीले अब आफ्नै जिल्लामा विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय सेवा पाउने अवस्था क्रमशः सुदृढ बन्दै गएको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन्।
ल्याप्रोस्कोपिक शल्यक्रिया आधुनिक शल्यचिकित्साको प्रभावकारी विधि भएको र यसमा पेटमा ठूलो चिरा लगाउनु पर्दैन, सानो प्वालमार्फत क्यामेरा र विशेष उपकरण प्रयोग गरेर शल्यक्रिया गरिन्छ। यस प्रविधिबाट बिरामीलाई कम पीडा हुने, रगत कम बग्ने, संक्रमणको जोखिम न्यून रहने, अस्पतालमा बस्नुपर्ने समय छोटिने तथा दैनिक जीवनमा छिट्टै फर्कन सकिने चिकित्सकीय लाभ प्राप्त हुने गर्दछ। यही कारणले विश्वभर यस प्रविधिको प्रयोग निरन्तर बढ्दो क्रममा रहेको मेडिकल सुपरटेन्डेन डा.समीर खानको प्रतिक्रिया रहेको छ ।


अस्पतालका अनुसार आधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सक र प्रशिक्षित स्वास्थ्यकर्मीको समन्वयले सुरक्षित तथा गुणस्तरीय शल्यक्रिया सेवा प्रदान गर्न सफल भएको हो। यसले बिरामीको उपचारलाई थप प्रभावकारी बनाउनुका साथै जिल्लाबाहिर उपचारका लागि हुने आर्थिक तथा मानसिक बोझ समेत कम गर्ने अपेक्षा गरिएको छ।
बाणगंगा नगरपालिकाको केन्द्र क्षेत्रमा अवस्थित युनाइटेड अस्पतालले पछिल्ला वर्षहरूमा भौतिक पूर्वाधार, अत्याधुनिक स्वास्थ्य उपकरण तथा विशेषज्ञ सेवामा निरन्तर लगानी गर्दै आएको छ। अस्पतालले सामान्य उपचारदेखि विशेषज्ञ परामर्श, आकस्मिक सेवा, प्रयोगशाला, भिडियो एक्स–रे, शल्यचिकित्सा तथा अन्य आधुनिक स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आफूलाई कपिलवस्तुको एक विश्वासिलो स्वास्थ्य संस्थाका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ।


स्वास्थ्य क्षेत्रमा प्रविधिको उच्चतम प्रयोगले उपचारको गुणस्तर , बिरामीको जीवनरक्षासँगै स्वास्थ्य सेवाप्रतिको विश्वास समेत बलियो बनाउने बताउनु हुन्छ वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. गोविन्द रावल । डा. रावलका अनुसार युनाइटेड अस्पतालमा सम्पन्न भएको सफल ल्याप्रोस्कोपिक एपेन्डिक्स शल्यक्रिया त्यसैको एउटा उदाहरण बनेको बताउनु भयो ।
विशेषज्ञ जनशक्ति, आधुनिक प्रविधि र व्यवस्थित पूर्वाधारको प्रभावकारी संयोजन गर्दै युनाइटेड अस्पतालले कपिलवस्तुवासीलाई आफ्नै जिल्लामा गुणस्तरीय, सुरक्षित र समयमै उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई व्यवहारमै रूपान्तरण गरिरहेको देखिन्छ। यो उपलब्धिले जिल्लाको स्वास्थ्य सेवाको स्तर उकास्नुका साथै स्थानीय नागरिकमा आधुनिक उपचारप्रतिको पहुँच र भरोसा अझ मजबुत बनाउने अपेक्षा गरिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक सुन्दर आचार्यले बताउनु भयो ।

प्रकाशित : १० श्रावण २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६