कपिलवस्तु २६ साउन
सामुदायिक वन दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा ६ मा एक कार्यक्रमका विच वृक्षरोपण गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुको आयोजनामा बाणगंगा ६ मा रहेको खैरेनीचौर सामुदायिक वनमा एक कार्यक्रमका विच वृक्षारोपण गरिएको हो । सव डिभिजन वन कार्यालय मोतिपुरका प्रमुख एजाज अन्सारीले सामुदायिक वन हरु अव राज्यको अवधारणामा गएको र आम्दानीका श्रोतहरु बलियो बन्दै गएको हुँदा अव आर्थिक पारदर्शिता मा जोड दिनुपर्ने बताए । उनले वन संरक्षणमा विभिन्न चुनौति रहेपनि स्थानीय सहित सबै सरोकारवालाहरू संरक्षणमा लाग्नुपर्ने बताए ।सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष हुमनाथ भट्राराईले सामुदायिक वनको ईतिहास बारे बताउदै राज्यले वन संरक्षणको जिम्मा स्थानीयलाई प्रदान गरेपछि वन संरक्षणमा सफलता मिलेको बताए ।
श्रीङ्गिघाट सामुदायिक वन उपभोक्ता समिति का अध्यक्ष शुशिलसिंह ठकुरीले स्थानीय सरकारले सरोकारवालाहरु सँगको समन्वयमा वन ऐन बनाएर यसको संरक्षण र सदुपयोग गर्नुपर्ने उल्लेख गर्नु भयो । सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष जयलाल गिरीले हिजोका दिनमा सामुदायिक वन संरक्षणको अवस्थामा रहेकोमा अब समृद्धितर्फ उन्मुख हुनुपर्ने र आर्थिक अवस्था कमजोर भएका वनलाई अवस्था बलियो भएका वनहरुले सहयोग पु¥याउनुपर्ने बताए । कार्यक्रममा खैरेनीचौर सामुदायिक वन उपभोक्ता समिति कि अध्यक्ष मन्जु महत्रा को स्वागत र लक्ष्मणघाट सामुदायिक वन समितिका अध्यक्ष खड्ग बहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
२६ श्रावण २०८३, मंगलबार









प्रतिक्रिया