ब्रेकिंग न्युज

रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी



रोल्पा, २८ साउन

यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरामा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ । थबाङ –५ बोटलबारामा गएरातिको पहिराले घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिव २१ कोशको दुरीमा पर्दछ । पहिरामा परेका छ घरमा १० जना वेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा गए राति नै प्रहरी टोली परिचालित भएका थिए । आज बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरुको खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरुको टोली घटनास्थलमा पुगेर बेपत्ताहरुको खोजी जारी राखेको बताउनुभयो । –––

प्रकाशित : २८ श्रावण २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६