कोशी

राष्ट्रिय शोक दिवस, मृतक प्रति श्रद्धाञ्जली



कपिलवस्तु २२ भदौं

भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिक हरूको स्मरणमा राष्ट्रिय शोक दिवसका अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
राष्ट्रिय शोक दिवसको अवसरमा वडा कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाई दिवंगतप्रति सम्मान प्रकट गरिएको थियो। त्यसैगरी साँझ ६ः३० बजे नन्दनगर गुरुकुलमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको वडा नंं २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले बताउनु भयो ।


कार्यक्रममा १०८ जना बटुकले दिवंगत आत्माको शान्तिको कामना गर्दै स्तुति वाचन गरेका थिए। शोकको यस घडीमा आयोजित कार्यक्रमले विपद्मा ज्यान गुमाएका नागरिकप्रति सम्मान र पीडित परिवारप्रति ऐक्यबद्धता प्रकट गरेको छ।
कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालले नगरवासीका तर्फबाट भोटेकोशी बाढीमा ज्यान गुमाएका दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। उहाँले अझै बेपत्ता रहेका नागरिकहरूको यथाशीघ्र अवस्था पत्ता लागोस् भन्ने कामना समेत व्यक्त गर्नुभयो।


विपद्का बेला पीडित परिवारको दुःखमा साथ दिनु, दिवंगतप्रति सम्मान व्यक्त गर्नु र घाइते तथा बेपत्ताको अवस्थाप्रति चासो राख्नु मानवीय संवेदनाको महत्वपूर्ण पक्ष हो। राष्ट्रिय शोक दिवसमा आयोजित श्रद्धाञ्जली कार्यक्रमले विपद्को पीडामा सबै एकजुट भएर उभिनुपर्ने सन्देश समेत दिएको छ।

प्रकाशित : २२ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६