ब्रेकिंग न्युज

तीज मनाउन हिँडेकी युवती बेपत्ता



गुल्मी २९ भदौ ।
गुल्मीमा तीज मनाउन माइतीघर जाँदै गरेकी एक महिला निस्सी खोलाले बगाउँदा बेपत्ता भएकी छन्। मुसीकोट नगरपालिका–५ इन्द्रगौडाकी अन्दाजी २८//२९ वर्षीया कल्पना पुन आइतबार साँझदेखि बेपत्ता भएकी हुन्।
प्रहरीका अनुसार पुन आफ्नो घरबाट इस्मा गाउँपालिका–४ हुलामा रहेको माइतीघरमा तीज मनाउन जाने क्रममा थिइन्। साँझ करिब ७ बजेको समयमा निस्सी खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै स्थानीयवासी र प्रहरीले उनको खोजी सुरु गरेका छन्। प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा चार जनाको टोली घटनास्थलमा खटिएको छ।
यस्तै, प्रहरी चौकी पौदीअमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा चार जनाको टोली पनि खोजी तथा उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ।
खोलामा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ। प्रहरीले स्थानीयवासीको सहयोगमा खोलाको आसपासका क्षेत्रमा खोजीलाई निरन्तरता दिइरहेको छ।
तीज पर्वका लागि माइतीघर जाने क्रममा भएको यस घटनाले स्थानीय क्षेत्रमा दुःख र चिन्ता थपिएको छ। पुनको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २९ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६