ब्रेकिंग न्युज

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला



गुल्मी, २९ भदौः

स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की २९ वर्षीया कल्पना पुनको शव फेला परेको छ । उहाँको शव घटनास्थलभन्दा करिब एक किलोमिटर टाढा ठूला पहिरामा खोलाको बीचमा अड्किएको अवस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । गत आइतबार साँझ घरबाट इश्मा गाउँपालिका–४ हुलास्थित तीजमा माइतीघर जाने क्रममा स्थानीय खोला तर्दै गर्दा श्रीमती पुनलाइ बगाएको थियो । घटनाबारे तत्कालै स्थानीयले जानकारी गराएपछि प्रहरी चौकी इश्मा र प्रहरी चौकी पौदीअमराईबाट प्रहरी टोली खोज तथा उद्धारका लागि खटिएको थियो । खोजतलासको क्रममा आइतबार राति खोला किनारमा पुनले लगाएको कपडा, ह्यान्डब्याग र चप्पल मात्र फेला परेको थियो । उक्त शवलाई पोष्ट मार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको प्रहरीले जनाएको छ । —

प्रकाशित : २९ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६