खोज–अनुसन्धान

नेपाल प्रेस युनियन कपिलवस्तुको सभापतिमा चपागाई निर्विरोध



कपिलवस्तु । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको सभापतिमा खग प्रसाद चपाई निर्विरोध निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमितिको नेतृत्वमा चपाई निर्विरोध चयन भएपछि सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वले उहाँसहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।नयाँ कार्यसमितिको उपाध्यक्षमा अशोक पौडेल र पूजा गुप्ता, सचिवमा अंकुश श्रीवास्तव, कोषाध्यक्षमा बृजेश जयसवाल तथा सहसचिवमा बसन्ता भुसाल निर्वाचित हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा बसन्त बन्जाडे, कृष्णकुमार यादव, अनिल मल्ल, रामाशंकर तिवारी, सुदांशु गिरी, सुग्रीम बरई, नन्दकिशोर चौधरी (लालु), अनिलकुमार माली र सुवास पौडेललगायत निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित सभापति चपाईसहित कार्यसमितिलाई बधाई दिँदै पत्रकारहरूको हकहित संरक्षण, व्यावसायिक एकता र पत्रकारिताको विकासमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। साथै कपिलवस्तुको पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन नयाँ कार्यसमितिले पहल गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित : ६ आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६