जीवनशैली

५ लाखको अवैध सामान बरामद : अनलाइन जुवामा छापा ४२ पक्राउ



रुपन्देही ८असोज
लुम्विनी प्रदेशका विभिन्न जिल्लामा एकै दिन ५ लाखको अवैध सामान बरामद भएकोछ अनलाइन जुवामा छापा मारी ४२ जना पक्राउ परेकाछन् । पक्राउ पर्नेवाट २८ वटा ल्यापटप र ७८ वटा मोबाइल फोन बरामद भएका छन् । ती मध्ये ४० भारतीय र २ जना नेपाली रहेकाछन् ।
रुपन्देहीमा प्रहरीले भन्सार छली गरी भारतबाट चोरी–पैठारी गरेर ल्याइएका करिब ५ लाख ८ हजार ६ सय ३६ रुपैयाँ बराबरका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा कुखुरा, खाद्यान्न, कपडा, कस्मेटिक तथा दुग्धजन्य सामग्रीसँगै मोटरसाइकल र स्कुटर बरामद गरेको हो । प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ कोटिहवाबाट १० वटा ब्रोइलर कुखुरा तथा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० बाट २४ वटा ब्रोइलर कुखुरासहित एउटा मोटरसाइकल बरामद गरिएको छ।
यस्तै, डण्डापुल र बेलहिया बसपार्कबाट साडी, डिशहोमका एलेम्बी तथा विभिन्न किराना सामान बरामद भएका छन्। फूलपुरबाट टेन्टका कपडा, युरिया मल, कोक र स्प्राइट तथा तिलोत्तमा–१५ बाट १ सय किलो चिनी र पानीपुरी बरामद गरिएको प्रहरीले जनाएको छ । सिद्धार्थनगर–८ बाट १ लाख ३६ हजार रुपैयाँभन्दा बढी मूल्यका १ सय २० थान केटोकोनाजोल साबुन तथा रोहिणी–२ बाट स्कुटरसहित अमुल बटर र पिज्जा चिज बरामद भएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया र पशु क्वारेन्टाइन कार्यालय भैरहवा पठाइएको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–पैठारी नियन्त्रणका लागि चेकजाँचलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ ।
यता बाँकेको कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा ठुलो परिमाणमा अनलाइन जुवा भइरहेको सूचनाको आधारमा प्रहरीले मङ्गलबार राति करिब आठ बजे छापा मारेर अनलाइन जुवा खेलाउने ४२ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले दिनुभएको जानकारी अनुसार पक्राउ पर्नेमा ४० जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका छन् । उहाँले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू अनलाइन सट्टेबाजीमा सङ्लग्न रहेको खुलेको जनाउँदै पक्राउ परेकाहरूको साथबाट २८ वटा ल्यापटप र ७८ वटा मोबाइल फोन बरामद भएको बताउनुभयो । होटलबाट प्रहरीले अन्य विद्युतीय उपकरणहरु समेत बरामद गरेको तथा उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी राठौरले बताउनुभयो ।

प्रकाशित : ८ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६