ब्रेकिंग न्युज

विकास निर्माणको कामलाई गति दिन निर्देशन



नेपालगञ्ज (बाँके), ८ असोज

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले बुधबार प्रदेशमा सञ्चालित विकास आयोजनाको कामलाई थप गति दिँदै निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षका लागि मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका योजनालाई प्रभावकारी रुपमा अघि बढाउन उहाँले कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको हो । मन्त्री खत्रीले विकास निर्माणका काममा अनावश्यक ढिलाइ स्वीकार्य नहुने उल्लेख गर्नुभयो । मन्त्री खत्रीले भन्नुभयो, “योजना निर्धारित समयमै सम्पन्न हुने गरी कार्यालय प्रमुखले नियमित अनुगमन र समन्वयलाई प्राथमिकता दिनुपर्छ ।

कार्यान्वयनका क्रममा समस्या देखिए त्यसलाई थाती राख्नेभन्दा तत्काल पहिचान गरी समाधानका लागि पहल गर्नुपर्छ ।” उहाँले विकास आयोजनाको सङ्ख्या मात्र बढाउनेभन्दा पनि विनियोजित बजेटको प्रभावकारी उपयोग गर्दै नागरिकले प्रत्यक्ष लाभ पाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । आज सम्पन्न छलफलमा मन्त्रालयका सचिव राम पराजुलीसहित मन्त्रालय मातहतका कार्यालय प्रमुखको सहभागिता थियो ।

प्रकाशित : ८ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६