ब्रेकिंग न्युज

स्वास्थ्य बीमामा कपिलवस्तु नगरवासीलाई ५० प्रतिशत अनुदान



कपिलवस्तु ८ असोज

स्वास्थ्य बीमामा नगरवासीको पहुँच र सहभागिता बढाउने उद्देश्यले कपिलवस्तु नगरपालिका र स्वास्थ्य बीमा बोर्ड, जिल्ला सम्पर्क शाखा कार्यालय कपिलवस्तुबीच सम्झौता भएको छ। सम्झौताले आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य बीमामा आबद्ध हुन चाहने नगरवासीलाई बीमा कार्यक्रममा सहभागी हुन थप सहज बनाउने अपेक्षा गरिएको छ।


सम्झौता अनुसार पाँच जनासम्मको परिवारका लागि लाग्ने वार्षिक स्वास्थ्य बीमा योगदान रकम रु. ३ हजार ५०० मध्ये ५० प्रतिशत अर्थात् रु. १ हजार ७५० कपिलवस्तु नगरपालिकाले व्यहोर्नेछ। बाँकी ५० प्रतिशत रकम भने सम्बन्धित बीमित परिवारले व्यहोर्नुपर्नेछ।
पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारका हकमा थप सदस्यका लागि लाग्ने बीमा योगदान रकम सम्बन्धित परिवारले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले स्वास्थ्य बीमामा आर्थिक सहयोग गर्ने भएपछि नगरवासीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन प्रोत्साहन पुग्ने विश्वास गरिएको छ। स्वास्थ्य उपचारमा हुन सक्ने आकस्मिक तथा ठूलो आर्थिक भार कम गर्न स्वास्थ्य बीमा महत्वपूर्ण माध्यम भएकाले स्थानीय तहको सहकार्यले बीमाको पहुँच विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको हो।
स्वास्थ्य बीमा कार्यक्रममा बढीभन्दा बढी नगरवासीलाई सहभागी गराउँदै सर्वसुलभ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले नगरपालिका र स्वास्थ्य बीमा बोर्डबीचको सहकार्यलाई अघि बढाइएको नगर प्रमुख सुदिप पौडेलको भनाइ रहेको छ ।
स्वास्थ्य उपचारमा सहज पहुँचसँगै नागरिकको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले गरिएको यस पहलले स्वास्थ्य बीमालाई नगरवासीको पहुँचसम्म पु¥याउन सहयोग गर्ने अपेक्षा गरिएको छ। नगरपालिकाले पनि यसलाई नागरिकको स्वास्थ्य सुरक्षासँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा अघि बढाएको जनाएको छ।
‘स्वस्थ नागरिक, समृद्ध नगरपालिका’ भन्ने अवधारणा सहित अघि बढाइएको यस सहकार्यले स्वास्थ्य बीमाको दायरा विस्तार गर्दै नागरिकको स्वास्थ्य सुरक्षामा स्थानीय सरकारको जिम्मेवारी र सहभागिता बढाउने सन्देश दिएको छ।

प्रकाशित : ८ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६