कपिलवस्तु ९ असोज
पढाइपछि रोजगारी खोज्दै भौँतारिनु भन्दा पढ्दै गर्दा सीप सिक्ने र सीपसँगै रोजगारीको बाटो पहिल्याउने शिक्षा आजको आवश्यकता बन्दै गएको छ। यही आवश्यकतालाई आत्मसात गर्दै कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२, पिपरामा रहेको कपिलवस्तु टेक्निकल इन्स्टिच्युटले लामो समयदेखि प्राविधिक तथा स्वास्थ्य शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको कपिलवस्तु टेक्निकल इन्स्टिच्युटका प्रबन्ध निर्देशक करुण कुमार पाण्डेले बताउनु भयो ।
निर्देशक पाण्डेले ‘सीप हुन्छ हातमा, रोजगारी साथमा’ भन्ने मूल भावलाई आत्मसात गर्दै संस्थाले युवालाई रोजगारीमुखी शिक्षा प्रदान गर्ने लक्ष्य लिएको बताउनु भयो । निर्देशक पाण्डेले सामान्य शैक्षिक प्रमाण पत्र भन्दा व्यावहारिक सीपलाई प्राथमिकता दिने अहिलेको श्रम बजारमा प्राविधिक शिक्षा रोज्ने विद्यार्थीका लागि संस्थाले अवसर सिर्जना गर्दै आएको बताउनु भयो ।

लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलबाट करिब २९ किलोमिटर पश्चिम तथा महेन्द्र राजमार्गसँग जोडिएको पिपरामा रहेको यो संस्था वि.सं. २०५४ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऋत्भ्ख्त् बाट सम्बन्धन तथा स्वीकृति प्राप्त गरी निजी क्षेत्रबाट स्थापना भएको हो।
संस्थाले प्रारम्भिक चरणमा प्रि–डिप्लोमा तथा प्राविधिक एसएलसी तहका कार्यक्रम सञ्चालन गर्दै आएको थियो। समयसँगै प्राविधिक शिक्षा प्रतिको बढ्दो आवश्यकता र सरकारी नीति अनुसार कार्यक्रमहरू स्तरोन्नति हुँदै गएपछि हाल तीनवर्षे डिप्लोमा तहका विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा छन्।
हाल संस्थामा तीनवर्षे ल्याब टेक्निसियन ऋःीत् तीनवर्षे सामान्य चिकित्सा ज्ब्, तीनवर्षे डिप्लोमा इन फिजियोथेरापी र तीनवर्षे फार्मेसी लगायतका कार्यक्रम सञ्चालन भइरहेको संस्थाले जनाएको छ। साथै १८ महिने सर्वे इन्जिनियरिङ कार्यक्रम समेत सञ्चालनमा रहेको छ। प्राविधिक शिक्षा एउटा प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई जीवनमा प्रयोग गर्न सकिने सीप हासिल गर्ने आधार बन्नुपर्ने संस्थाको धारणा रहेको जनाएको छ। यही सोचअनुसार विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासमा समेत जोड दिइएको छ।
दक्ष तथा अनुभवी विषय विज्ञ प्रशिक्षक मार्फत मल्टिमिडिया प्रविधिको प्रयोग गरी अध्यापन गराइनुका साथै सुविधा सम्पन्न प्रयोगशालामा विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउने व्यवस्था गरिएको संस्थाले जनाएको छ। प्रदेश, जिल्ला तथा स्थानीय तह अन्तर्गतका विभिन्न निकायमा समेत प्रयोगात्मक अभ्यासको अवसर उपलब्ध गराउने गरिएको बताइएको छ।
व्यवस्थित पुस्तकालय, शैक्षिक अवलोकन भ्रमण, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीका दैनिक गतिविधिको निगरानीका लागि सीसीटीभी क्यामेराको व्यवस्था संस्थाका अन्य विशेषता हुन्।

संस्थाले आफ्नै भूकम्प प्रतिरोधात्मक भवनसँगै चौबीसै घण्टा पानी, विद्युत् तथा इन्टरनेटको सुविधा रहेको जनाएको छ। स्वच्छ, शान्त र अध्ययनका लागि अनुकूल वातावरणमा विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्य राखिएको छ।
कमजोर आर्थिक अवस्थाका विद्यार्थीलाई पनि अवसर
प्राविधिक शिक्षा महँगो हुन्छ भन्ने सोचका कारण आर्थिक रूपमा कमजोर परिवारका धेरै विद्यार्थी अवसरबाट वञ्चित हुने गरेका छन्। यस्तो अवस्थालाई ध्यानमा राख्दै संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था रहेको जनाएको छ।
यसले आर्थिक अवस्था कमजोर भए पनि क्षमता र रुचि भएका विद्यार्थीलाई प्राविधिक शिक्षा हासिल गर्ने बाटो खोल्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य क्षेत्रदेखि इन्जिनियरिङ सम्म दक्ष जनशक्तिको माग बढिरहेको अवस्थामा प्राविधिक शिक्षालाई रोजगारीसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता छ। अस्पताल, स्वास्थ्य संस्था, प्रयोगशाला, फार्मेसी, फिजियोथेरापी केन्द्र तथा विभिन्न प्राविधिक क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादनमा यस्ता शैक्षिक संस्थाको भूमिका महत्वपूर्ण हुन्छ।
कपिलवस्तु टेक्निकल इन्स्टिच्युटले पनि स्थानीय तथा राष्ट्रिय श्रम बजारको आवश्यकतालाई ध्यानमा राखेर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य लिएको जनाएको छ। संस्थाको दीर्घकालीन उद्देश्य लुम्बिनी प्रदेशका युवालाई स्वास्थ्य, इन्जिनियरिङ, कृषि, पर्यटन लगायतका क्षेत्रमा प्राविधिक शिक्षा र व्यावसायिक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनु हो।
त्यसैगरी विश्व श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन तथा आवश्यकताअनुसार जनशक्ति उपलब्ध गराई राष्ट्रको आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्यसमेत संस्थाले राखेको छ।
पढाइसँगै सीप ः
आजको प्रतिस्पर्धात्मक समयमा शैक्षिक योग्यता पर्याप्त नहुन सक्छ। रोजगारीका लागि आवश्यक ज्ञानसँगै व्यवहारिक सीप, दक्षता र अनुभव पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले युवाले आफ्नो रुचि, क्षमता र श्रम बजारको आवश्यकतालाई बुझेर प्राविधिक शिक्षा रोज्नुपर्ने सन्देश संस्थाले दिएको छ।
“शिक्षा त्यस्तो होस्, जसले प्रमाणपत्र मात्र होइन, आत्मनिर्भर बन्ने क्षमता पनि देओस्।” यही सोचलाई व्यवहारमा उतार्दै कपिलवस्तु टेक्निकल इन्स्टिच्युटले प्राविधिक शिक्षामार्फत युवालाई सीपसँग जोड्ने प्रयास गरिरहेको छ।
यसै शैक्षिक सत्रमा प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक तथा प्रवेश परीक्षामा सहभागी विद्यार्थीका लागि विभिन्न कार्यक्रमतर्फ अध्ययनको अवसर रहेको संस्थाले जनाएको छ।
प्राविधिक शिक्षा आजको आवश्यकता हो। सीपयुक्त जनशक्ति आत्मनिर्भर समाजको आधार हो। र आत्मनिर्भर युवा नै समृद्ध राष्ट्रको शक्ति हो ।









प्रतिक्रिया