ब्रेकिंग न्युज

इन्डो–चाइनिज परिकार बनाउँदै लुम्बिनी भिजनका विद्यार्थी



बाणगंगा ९ असोज

लुम्बिनी भिजन कलेजमा होटल व्यवस्थापन (HM) अध्ययनरत कक्षा–११ का विद्यार्थीहरूले इन्डो–चाइनिज परिकार तयार गर्ने प्रयोगात्मक अभ्यास गरेका छन्।
कक्षा–११, को प्रयोगात्मक सत्र अन्तर्गत विद्यार्थीहरूले Vegetable Fried Rice with Veg Manchurian तयार गर्दै पाककला, खाद्य स्वच्छता, समय व्यवस्थापन तथा परिकार प्रस्तुति सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका हुन्।


प्रयोगात्मक अभ्यासका क्रममा विद्यार्थीहरूले आवश्यक सामग्रीको छनोट र तयारी देखि परिकार पकाउने तथा आकर्षक रूपमा प्रस्तुत गर्ने सम्मका प्रक्रिया प्रत्यक्ष रूपमा अभ्यास गरेका थिए। समूहगत रूपमा गरिएको अभ्यासले विद्यार्थीमा सहकार्य, सिर्जनशीलता र आत्मविश्वास विकास गर्न समेत सहयोग पुगेको छ।


होटल व्यवस्थापन शिक्षामा प्रयोगात्मक अभ्यासलाई महत्वपूर्ण मानिन्छ। कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दा विद्यार्थीले भविष्यमा होटल, रेस्टुरेन्ट तथा आतिथ्य क्षेत्रमा आवश्यक पर्ने व्यावसायिक सीप हासिल गर्न सक्ने कलेजको विश्वास रहेको सहायक क्याम्पस प्रमुख मनोज कुमार खत्रीको भनाई रहेको छ ।
‘सीपयुक्त शिक्षा, आत्मनिर्भर विद्यार्थी’ भन्ने भावनालाई आत्मसात् गर्दै गरिने यस्ता प्रयोगात्मक गतिविधिले होटल व्यवस्थापन शिक्षालाई व्यवहारिक, रोजगारमुखी र परिणाममुखी बनाउन सहयोग पु¥याउने क्याम्पस प्रमुख सुन्दर पाण्डेको भनाई रहेको छ ।

प्रकाशित : ९ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६