अर्थ-वाणिज्य

विपद् उद्धारका लागि बाणगंगा, बुद्धभूमि र कपिलवस्तु नगरले दिए बजेट, सशस्त्रले किन्यो डुङ्गा



कपिलवस्तु १० असोज। बाढी, डुबानलगायतका विपद्का समयमा उद्धार कार्यलाई प्रभावकारी बनाउन कपिलवस्तुका तीन स्थानीय तहले उपलब्ध गराएको बजेटबाट सशस्त्र प्रहरी बल नेपाल बिन्दवासिनी गणले उद्धार सामग्री खरिद गरेको जनाएको छ।यो बजेट गत बर्ष नै दिइएको हो ।
बाणगंगा, बुद्धभूमि र कपिलवस्तु नगरपालिकाले उपलब्ध गराएको रकमबाट सशस्त्र प्रहरीको बिन्दवासिनी गणले विपद् उद्धारका लागि डुङ्गा खरिद गरेको बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बताउनुभएको छ।
नगरप्रमुख अर्यालका अनुसार बाढी तथा डुबानका बेला स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयमा उद्धार कार्य सञ्चालन गर्न आवश्यक पर्ने साधनस्रोत व्यवस्थापनमा स्थानीय सरकारको सहयोग रहेको छ। उद्धारका लागि आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्दा विपद्का बेला तत्काल परिचालन गर्न सहज हुने उहाँको भनाइ छ।
बिन्दवासिनी गणसँग हाल ५ थान मोटरबोट र १५ थान स्पिड बोट रहेको जानकारी दिइएको छ। यी उद्धार सामग्री कपिलवस्तुसहित आसपासका क्षेत्रमा बाढी, डुबान तथा अन्य विपद्का घटनामा उद्धारका लागि प्रयोग हुने जनाइएको छ। चन्द्रौटामा रहेकोे गणलाई अन्यत्रबाट पनि डुंगा तथा उद्धारका समान किन्न बजेट आएको जानकारी प्राप्त भएको छ ।
नगरप्रमुख अर्यालले बाणगंगा नगरपालिकाले लामो समयसम्म डुङ्गा खरिद नगरेको भन्ने विषयमा आएका समाचारप्रति पनि स्पष्ट पार्दै, उद्धारका लागि आवश्यक डुङ्गा तथा अन्य सामग्री सुरक्षा निकायमार्फत व्यवस्थापन गर्न स्थानीय तहले आर्थिक सहयोग गरेको बताउनुभएको छ।
उहाँले विपद् व्यवस्थापनमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि उद्धार तथा राहतका लागि आवश्यक स्रोतसाधन व्यवस्थापनमा प्राथमिकता दिने बताउनुभयो।

प्रकाशित : १० आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६